जनकपुरधाम–यौन दुर्व्यवहार पश्चात मृत फेला परेकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो।
सदस्यमा कार्यालयकै प्रहरी निरीक्षक विक्रम साह र अन्य एकजना हबल्दार रहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआइजी लालमणि आचार्यले जानकारी दिएका छन्।
बुधबार नै समिति गठन गरेर अनुसन्धान थालिएको छ। मेडिकल रिपोर्टहरू आएपछि जतिसक्दो चाँडो अनुसन्धान टुंग्याएर प्रतिवेदन बुझाउन समितिलाई जिम्मेबारी दिइएको आचार्यले बताए।
गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट पुस ९ गते यौन दुव्र्यवहार भोगेकी आनन्दी गत मंगलबार दिउँसो आफ्नै माइत घरमा मृत फेला परेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।