काठमाडौँ–सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
सोमबार बिहान खोटाङ्गको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी बस्ने १६ वर्षीय जेनिश आचार्य नदीमा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीमा सशस्त्र प्रहरी नम्बर–१ बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ को टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। गोताखोरले घटनास्थल आसपासको क्षेत्रमा खोजी कार्य सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।