भारत –‘इण्डियन आइडल १२’ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन हालै उत्तर प्रदेशको अमरोहास्थित चोपला चौराहा ओभरब्रिज नजिक सवारी दुर्घटनामा परेका छन् । उक्त दुर्घटना आइतबार बिहान करिब २ः३० बजे भएको हो ।
२८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन् । उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ गइरहेका थिए । यात्राको क्रममा उनी सवार कार चोपला चौराहा ओभरब्रिज नजिकै राजमार्गमा रोकेर राखिएको आइचर क्यान्टर ट्रकमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले चालक राहुल सिंह निदाएको कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको देखाएको छ । ठक्करको प्रभावले पवनदीप राजनका दुबै खुट्टामा फ्र्याक्चर भएका छन् भने टाउकोमा समेत चोट लागेको छ ।
घटनापछि उनलाई तत्काल सरकारी अस्पतालमा लगिएको थियो तर अवस्थाको गम्भीरताका कारण निजी अस्पतालमा सारिएको छ । हाल उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको बताइएको छ । साथै, कारमा सवार अन्य दुईजनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।