काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार केहीबेरमा बैठक सुरू हुनेछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।
राप्रपा सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि प्रहरीले आजै नियन्त्रणमा लिएको छ।
समसामयिक राजनीतिक घटनाक्रम, जारी आन्दोलनलगायत विषयमा बैठकमा छलफल हुनेछ।
राप्रपासहितको समर्थनमा राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि 'जनआन्दोलन' गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।