फाइल तस्बिर
बझाङ– साइपाल गाउँपालिकाबाट दुई जना बिरामीलाइ हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
साइपाल गाउँपालिका वडा नम्बर ४ धुलीका सुनबहादुर रोकाया र वडा नम्बर ५ की चैती बोहरालाई आज दिउँसो हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
रोकाया जेठ ७ गते भेडा चराउन जाँदा भिरबाट लडेर गम्भीर घाइते भएका थिए भने बोहरा गम्भीर बिरामी भइ हिँडडुल गर्न समस्या भएपछि दुबैलाई हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको हो ।
दुबै बिरामीको अवस्था गम्भीर भएपछि साइपाल गाउँपालिकाले भाडा बेहोर्नेगरी उनीहरूको उद्धार गरिएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।