काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतबाट ५० प्रतिशतसम्म कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । मार्चपछि यो दोस्रो पटक हो जब धातुहरूमा आयात कर बढाइएको छ । ट्रम्पले भनेका छन् कि बुधबारबाट लागू हुने यी कदमहरू अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने उद्देश्यले लिइएको हो ।
यद्यपि, अमेरिका बाहिरका स्टील उत्पादकहरूका लागि धेरै हानिकारक हुन सक्ने बीबीसीले जनाएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा स्टीलमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर पनि लगाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।