काठमाडौं – काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।
अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा. डा. राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिने बताइएको छ । निःशुल्क ओपीडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको र आगामि दिनमा विभिन्न सेवा सहित यस क्रमलाई जारी राख्ने बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।