एजेन्सी – दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा ६ जना मारिएका छन् भने घटनामा धेरै घाइते भएका छन् । शनिबार बिहानैदेखि खाद्यान्न लिनका लागि मानिसहरूको भिँड लागेको समयमा गोली प्रहार भएको हो । प्रत्यक्षदर्शीका अनुसार मानिसहरू राहत लिनका लागि हिँडेको समयमा नै आक्रमण भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलले भने आफूहरूमा खतरा भएको महसुस भएका कारण चेतावनी युक्त रूपमा बन्दुक पड्काएको जनाएको छ । बितेको एक सातामा मात्र इजरायली आक्रमणमा दर्जनौँको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।
अमेरिका र इजरायलको नियन्त्रणमा हमासले सञ्चालन गरेको राहत वितरण कार्यक्रम पनि अहिलेलाई स्थगित गरिएको छ । राहत वितरण रोकिए पनि त्यसैको आसमा गाजाबासी आउने छन् । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले उक्त क्षेत्रमा सेनाको गतिविधि हुने भएकाले नआउनका लागि सूचना जारी गरेको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।