काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन्।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भिजिट भिसा र अध्यागमनको विषयमा माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए। सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ।
उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा प्रस्तुत हुनुभएको बताए।
उनले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो। हामी मानव बेचबिखनको अनुसन्धान चाहन्छौँ। यसको विरुद्धमा छानबिन समिति बन्नुपर्छ। छानबिन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ। अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्छ। गृह मन्त्रालय र सरकारले छानबिन समिति नबनाएसम्म छानबिन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन्।
सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको उनले बताए। सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ नभएको गुनासो रास्वपाको छ।
आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने परियारले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।