काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा नैतिक प्रश्न उठाउनुको कुनै अर्थ नभएको जिकिर गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले रास्वपाका सहकारी ठगीको आरोपमा पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रवि लामिछाने अझै पार्टी सभापति र संसदीय दलको नेता रहेकोमा प्रश्न उठाएका हुन्।
‘अध्यागमनका सामान्य कर्मचारीले गरेको बदमासीका कारण गृहमन्त्रीको राजीनामा मागेर संसद् अवरोध गर्नेको पार्टीका सभापति पाँच पाँच वटा अदालतमा मुद्दा खेपिरहेका छन्। सभापतिमा बस्न मिल्छ कि मिल्दैन ? रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ।
निलम्बन भइसकेका दलको नेता रहेकाले राजीनामा दिन मिल्छ कि मिल्दैन ? नै रास्वपाले नैतिकताको प्रश्न उठाउनु कति उचित रहन्छ ?’, उनले प्रश्न उठाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।