काठमाडौँ– प्रतिनिधिसभा सांसद योगेश भट्टराईले पाँचथरको हेवाखोलामा भत्किएको पुल तत्काल बनाउन माग गरेका छन्। उक्त स्थानमा निर्माणाधीन पुल भत्किँदा शनिबार तीन जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा सिमरा उपमनपाका रुपालाल चौधरी, राकेश चौधरी र राजन चौधरी रहेका छन्। उक्त पुल परी थप तीन जना घाइतेको उपचार भइरहेको जनाइको छ।
योगेशले बेलिब्रिज भाँचिँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत र घाइतेको उपचार गर्न माग गरेका छन्। साथै, पुल नहुँदा सो क्षेत्रमा दैनिक उपभोग्य र निर्माणाधीन सामाग्रीको ढुवानी गर्न र आवागमनमा समस्या भइरहेको भन्दै यसलाई तत्काल आवागमन सुचारु हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। योगेशले यसपटक फेरि मनसुनको सिजन सुरु भएको भन्दै यो बेलामा आउन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरणका लागि सरकारसँग माग समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।