काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।
प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए।तर संसद बैठक भने जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।