काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै पोखरेलले यस्तो निर्देशन दिएका हुन्।
पार्टीको बागमती प्रदेश कमिटीको भर्चुअल बैठकमा उनले भने, `राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अव्थामा नेतृत्वको बहस पूर्णत: रोक्नुपर्छ।´
भदौ २०–२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन पनि महासचिव पोखरेलले निर्देशन दिए।
महासचिव पोखरेलले राजनीतिक र सांगठानिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए।
‘विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ’ महासचिव पोखरेलको भनाइ छ। बैठकमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी,बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, अध्यक्ष कैलाश ढुङ्गेल लगायत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।