काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रमा संलग्न सबैमाथि कारबाही हुनु पर्ने माग गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रहेका हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि सबैमाथि गम्भीर छानबिन गर्नु पर्ने माग गरेका हुन्।
उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को-को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ। यो यत्तिकै सजिलै राखिएको होइन। उपसमितिमा पनि व्यापक छलफल गरेका छौ। सारमा जुन कुरा राख्न खोजेका थियौ, त्यो उल्टो हुने गरेर पारित भयो। यो एकदमै गलत छ।’
उनले विधेयक तयार हुँदै गर्दादेखि नै अनेक अड्चन आएको स्मरण गर्दै गम्भीर षड्यन्त्र गरिएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।