काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे आफू मौन नबसेको दाबी गरेका छन्।
बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो।
सत्ता घटक एमालेकै सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरिरहेको बेला प्रमुख प्रतिपक्ष दल माओवादी मौन बसेको आरोप लागिरहेको छ। यसमा पार्टीले कुनै जिब्रो नचपाएको र गम्भीर अध्ययन तथा अनुसन्धान भइरहेको उनले दाबी गरे।
‘यसमा हामी प्रस्ट छौँ। कुनै जिब्रो चपाएका छैनौँ। यो राष्ट्रिय लज्जाको विषय हो। यसको नेतृत्व सङ्घीय संसद्को नेतृत्वले लिनुपर्छ। प्रमुख प्रतिपक्ष दल भएको हुनाले गम्भीर रूपमा अध्ययन र अनुसन्धान गरिरहेका छौँ। यसलाई सामान्य रूपमा लिएका छैनौँ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।