काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने बताएका छन्।
बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन्।
सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ। उनकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ। चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौँ त्यसबारे सोच्नुपर्छ।
उनले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताए। सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा पाउन कठिन भइरहेको छ। धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।