बुटवल– महेन्द्रराजमार्ग अन्तर्गत दाउन्नेमा सडक भासिएका कारण अहिले बिहान साढे ५ बजेदेखि बाटो अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको हो।
सडक भासिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको पर्साका डिएसपी वीरदत्त पन्तले बताए। घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको छ।
महेन्द्र राजमार्गको बर्दघाटतर्फको खण्डमा सडक भासिएको हो। त्यहाँ पूर्वपश्चिम हिँडेका सैयौं सवारी साधन रोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।