काठमाडौं– नेपालका नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडी दोश्रो दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलतर्फ उपाधि नजिक पुगेका छन्।
नवीन र प्रिन्सको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१/२३, २१/१३, २१/१३ ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् । अव नवीन र प्रिन्सले उपाधीका लागि भारतका भारतका बिष्णु बर्दना गाउड र ध्रुव रावतको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । बिष्णुको जोडीले श्रीलङ्काका चामथ डायस र चिराथ ईल्लेपोरुमाचीको जोडीलाई २१ । १४, २१ । १५ ले पराजित गर्दै फाईनल यात्रा तय गर्न सफल भए ।
पुरुष एकल तर्फ भने सुनिल जोशी र नविन श्रेष्ठ सेमिफाईनलमा पराजित भएका छन्। सुनिल भारतका खेलाडी प्रियान्सु रजावतसंग ७ । २१, १४ । २१ ले पराजित हुँदै कास्य पदकमा खुम्चिए । यस्तै नविन श्रीलङ्कका रनथुस्का ससिन्दु संग १४ । २१, २१ । १४, १९ । २१ ले पराजित हँदै कास्यमा चित्त बुझाउन बाध्य भए । प्रियान्सु र रनथुस्काले फाईनलमा स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन्।
ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी माल्भिका बान्सोद मालदिभ्सकी फथिमाथ नवाहलाई २१ । ९, २१ । १४ ले पराजित गर्दै फाईनल यात्रा तय गरिन् । अव बान्सोदले भारतकी पूर्वा बर्वेसंग उपाधीको लागि प्रतिस्पर्धा गर्ने छन् । बर्वेले श्रीलङ्काकी हसिनी अम्बलङ्गगोड्गेलाई १४ । २१, २१ । १६, २१ । १७ ले पाखा लगाइन्।
हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा संचालित प्रतियोगिताको महिला युगल तर्फ मालदिभ्सका अमिनाथ नवेहा र फथिमा नवाहको जोडी फाईनल प्रवेश गरे । नेवहा र नवाहको जोडी संग बंगलादेशका रश्मा अक्तर र उर्मी अक्तरको जोडी २१ । १४, २१ । १४ को सोझो सेटमा पराजित भए । यस्तै अर्को खेलमा भारतका पूर्वा बार्वे र तनिशा क्रास्टोको जोडीले जित निकाले । बार्वे र क्रास्टोको जोडीले नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडीलाई २१ । ५, २१ । ८ को सहज जित निकाले।
मिक्स युगलमा पनि नेपालले पराजय भोग्यो। नेपालका प्रुफुल महर्जन र रशिला महर्जनको जोडी श्रीलङ्काको जोडी रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडी संग २१ । १४, २१ । ११ ले पराजित भए । यसतै अर्को खेलमा तनिशा क्रास्टो र बिष्णुबर्दन गौडको जोडीले बंगलादेशका फारबिन विन्ते ईमदाद हृदिता र सयद सकर मोहम्मद सिबगातको जोडीलाई २१ । ७, २१ । ११ ले पराजि गर्दै फाईनल प्रवेश गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।