काठमाडौं– बाह्रखरी मिडियाले दोस्रोपटक ‘कर्पोरेट गल्फ प्रतियोगिता’ आयोजना गर्ने भएको छ।
एकदिने प्रतियोगितामा एक सय भन्दा बढी कर्पोरेट क्षेत्रका गल्फ खेलाडीले भाग लिने आयोजकले जनाएको छ। प्रतियोगिता मंसिर २९ गते शनिबार गोकर्ण गल्फ कोर्समा आयोजना हुने छ। प्रतियोगिता १८ होल स्टेबलफोर्ड ३-४ ह्यान्डीक्याप फर्म्याटमा खेलाइनेछ।
प्रतियोगितामा होल इन वन गर्ने खेलाडीले गाडी पुरस्कार प्राप्त गर्नेछन् भने प्रथम विजेताले चौबिस क्यारेटको सुनको ‘गल्फ बल’ प्राप्त गर्नेछन्। त्यस्तै अन्य विजेताहरुले विभिन्न शीर्षकमा पुरस्कार तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। प्रतियोगितामा बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिज समेत पुरस्कृत हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।