लन्डन– ‘नर्थ लन्डन डर्बी’ भिडन्तमा आर्सनलले टोटनह्याममाथि सानदार जित हात पारेको छ। आर्नसलले अपराजित खेल यात्रालाई १९ खेलसम्म लम्बाउने क्रममा टोटनह्यामलाई ४–२ गोलले हरायो।
खेलमा पियरी इमेरिक अउबामेयाङले दशौं मिनेटमा पेनाल्टीमा गोल गरेर आर्सनललाई पहिले अग्रता दिलाए। जान भर्टोङघेनले ह्यान्ड गरेपछि आर्सनलले पेनाल्टी अवसर पाएको थियो। ३० मिनेटमा टोटनह्यामले बराबरी गोल फर्काए। इरिक्सनको फ्रिकिकमा इरिक डिइरले बराबरी गोल गरे। ३४ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए।
पहिलो हाफमा २–१ ले पछि परेको आर्सनलका लागि ५६ मिनेटमा अउबामेयाङले बराबरी गोल फर्काउ नसफल भए। ७४ मिने६मा लाकाजेटीले तेस्रो गोल गरेपछि आर्सनलले खेलमा ३–१ को अग्रता लियो। ७७ मिनेटमा टोरेइराले आर्सनलका लागि चौथो गोल गरे। खेलको ८५ मिनेटमा जान भर्टोङघेन दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि टोटनह्याम १० खेलाडीमा सिमीत भएको थियो।
लिगको अर्को खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलले हरायो। उसका लागि डिभोक ओर्गीले ९६ मिनेटमा गोल गरका थिए। एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डको गल्तिमा उनले गोल गरेका थिए।
चेल्सीले फुलह्यामलाई २–० गोलले हरायो। उसका लागि पेड्रोले चौथो र लोफ्टस चेकले ८२ मिनेटमा गोल गरे।
लिगमा १४ औं चरणको खेल सकिदा म्यानचेस्टर सिटीको ३८ अंक छ। दोस्र स्थानको लिभरपुलको ३६ अंक छ भने चेल्सी ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। ३० अंक जोडेको आर्नसल चौथो र समान अंक भएको टोटनह्याम पाँचौ स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।