बैतडी– जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २ सय ५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिए।
शिविरमा जिल्ला निर्वाचन कार्यालयले १ सय ५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उनले बताए।
शिविरमा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बिउ वितरण गरेको छ भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको लागि औषधि वितरण गरेको छ।
शिविरमा घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयले सेवा दिएका छन्। आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन्।
आज शिवनाथको सुल्लेखानमा शिविर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
मंसिर २४ र २५ गते पञ्चेश्वरको कुलाउमा शिविर सञ्चालन हुनेछ भने २६ र २७ गते मेलौलीमा शिविर सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।