• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
शिथिल अनि कमजोर हुन पुगेको छ समालोचना : मोराश [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, माघ १२, २०७५  ११:५९
1140x725

'मोराश' अर्थात् मोहनराज शर्मा। प्रायजसो सबै विधामा प्रयोगधर्मिता उनको वैशिष्ट्य। 

१९९४ सालमा काठमाडौंमा जन्मिएका उनी लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन सेवामा थिए। कविता, निबन्ध, आख्यान, एकांकी/नाटक, समालोचना, भाषाव्याकरण, साहित्य इतिहास लगायत साहित्यको सबैजसो विधामा नवीन पद्धतिको प्रयोग गरे।  

‘नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना (संयुक्त)’, ‘नेपालका केही आधुनिक साहित्यकार’, ‘कथाको विकास प्रक्रिया’, ‘जेमन्त र यमा’, ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक), ‘कोर्रा’ कथासङ्ग्रह, ‘पुछारको पातो, ‘मि. झप्पु सिंह’, ‘च्याँखेधर्ना’ ‘हास्यव्यङ्ग्य’ (निबन्ध सङ्ग्रह), ‘शैलीविज्ञान’, ‘रचना र वर्ण विन्यास वैज्ञानिक पद्धति’ लगायतका उनका महत्वपूर्ण कृति हुन्।

शर्माले बैकुण्ठ एक्सप्रेस (नाटक, २०४२) का लागि मदन पुरस्कार पाएका थिए।

उनै शर्माको गत बिहीबार ८१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले समग्र नेपाली साहित्यमा नै अपुरणीय क्षति पुगेको भन्दै लेखक तथा प्राज्ञहरूले दुःखसमेत व्यक्त गरेका छन्। 

शर्मासँग २०५८ सालको (वर्ष १२ अंक १ र पूर्णांक ४३) ‘समकालीन साहित्य’ मा साहित्यकार युवराज नयाँघरेले गरेको कुराकानीको सम्पादित अंश श्रद्धाञ्जलीस्वरुप यहाँ प्रस्तुत गरेका छौं : 

समकालीन नेपाली –साहित्यको समग्र रेखाङ्कन गर्दा मूल स्वरुप कस्तो अनुभूत गर्नुभएको छ?
यसमा मैले बुझ्दाखेरि एकातिर आधुनिकता छ, अर्कातिर समकालीनता। आधुनिकता, समकालीनता र समसामयिकतालाई प्रायः एउटैमा मिसाए के कुरा भन्ने गरिन्छ। वास्तवमा यी दुई पृथक् कुरा हुन्। 

आधुनिकता नफेरिने प्रवृत्ति हो– जुन प्रवृत्ति वा धारणा मुख्यतः तार्किकतामा र वैज्ञानिकतामा आधारित छ, परम्परलाई तोड्ने कुरामा आधारित छ। यो आधुनिकता भनेको कहिल्यै परिवर्तन हुँदैन। १० वर्षअगाडि, २० वर्षपछाडि वा सय वर्षपछिसम्म होस्–आधुनिकताका मूल लक्षण हुन्– तार्किकता, लेखकीय चेत, लेखकीय स्वतन्त्रता, परम्पराको विरोध र नयाँनयाँ प्रयोग।

समसामयिकता भनेको के हो भने  आजको समाज र जीवनमा जे कुरा र जुन प्रवृत्ति अहिले सबैभन्दा प्रबल देखिएको छ, त्यसको प्रतिनिधित्व रचनामा हुनु।

२०४६ सालअघि समाज, जीवन र चेतनामा एक  प्रकारको सामाजिक, राजनीतिक उन्मुक्ति थिएन, बहुदल थिएन। त्यसपछि सबैले उन्मुक्त हिसाबले मताधिकार र अन्य अधिकार पाए। त्यो परिवर्तन समाजमा, जीवनमा सबैतिर देखिन थाल्यो। हो, त्यो युगिन परिश्थितिअनुसार बदलिएको समाजको चित्रण नै समसामयिकता हो। यो नारावादी कवितामा पनि हुन सक्छ। कुनै अमानक र अस्तरीय रचनामा पनि हुन सक्छ। मानक र उच्च खालको रचनामा पनि हुन सक्छ। बदलिएको समाजअनुसार परिवर्तित भएर लेख्ने स्वभाव स्तरीय र अस्तरीय सबै रचनामा हुन सक्छ। त्यो प्रतिनिधित्व कुन दृष्टिले गरिएको छ–कसैले आदर्शवादी, कसैले यथार्थवादी, कसैले आधुनिकवादी र कसैले उत्तरआधुनिकवादी भएर गर्न सक्छन्। स्थिर कुरा आधुनिकता हो, यो समसामयिकता भन्ने कुरा अस्थिर हो। समसामयिकता समाजमा परिवर्तन आउनेबित्तिकै रूपान्तरित हुन्छ र आधुनिकतासँग मेल नखाने पनि हुन सक्छ। 

भाषा त नदी झैं निरन्तर बगिरहन्छ। त्यसैले एकरुपता तथा स्थिरीकरण प्रयास पनि निरन्तर भइरहनुपर्छ।

मैले देख्दाखेरी समसामयिक रचना र रचनाकार भएर धेरै आउँछन्, तर दृष्टिकोण र विधि आधुनिक हुँदैनन्। तिनको स्थायित्व र त्यस रचनाको दिगोपन उसको आफ्नो दृष्टिकोण हो। वास्तवमा समसामयिकता एक प्रकारले विषय हो। आजको समाज–व्यक्ति भनेको विषय हो। लेखकले विषय त्यहाँबाट लिन्छ र विषयलाई बनाउने, बुन्ने काम आफ्नो आधुनिक र आधुनिकतारहित धारणाअनुसार गर्छ। आजको लेखनमा समसामयिकता पर्याप्त छ, तर आधुनिकताभित्र रहेर भने कलामा कमी देखिन्छ। 

तपाईं प्रयोगवादी स्रष्टा हुनुहुन्छ। त्यस प्रयोगवादिताको उत्तराधिकारी देख्नुभएको छ कि?
उत्तराधिकारी भन्ने शब्द नै कस्तो कस्तो लागिरहेछ मलाई! किनभने उत्तराधिकारी भन्नेबित्तिकै त्यसमा केही अंश छ भन्ने दाबी गर्नु हो, तर त्यो दाबी गर्ने ठाउँ मैले देखेका छैन। 

पश्चभूमिलाई त्यागेर आजसम्म नभएका कुरा दिन खोज्नु अग्रभूमिको निर्माण हो, पश्चभूमि भत्काएर यसरी अग्रभूमिको निर्माण गर्नु नै प्रयोग हो।

यो प्रयोग भन्ने कुरा ‘म प्रयोग गर्छु’  भनेर हुँदैन। यदि ‘म प्रयोग गर्छु’ भनेर गरियो भने त्यो कृत्रिम हुन्छ। आफूले जे लेख्न खोजेको हो त्यस कुरालाई नौलो रुपमा प्रस्तुत गर्छु भन्ने जुन धारणा हो त्यो नै प्रयोगवादिता हो। वास्तवमा प्रयोगवादिता व्यवस्थित रुपले केही होइन। यो मात्र प्रयोगवाद हो भनेर ठोकुवा गर्न सकिँदैन। हरेक नौल्याइँ प्रयोगवाद हो। जुन प्रकारको छाप अहिलेसमम साहित्यमा परेको छैन त्यस प्रकारको छाप ल्याउनु पनि प्रयोगवाद हो। सोझै भन्दाखेरी आजसम्म जेजस्ता लेखिएका छन्, त्यस पश्चभूमिलाई त्यागेर आजसम्म नभएका कुरा दिन खोज्नु अग्रभूमिको निर्माण हो, पश्चभूमि भत्काएर यसरी अग्रभूमिको निर्माण गर्नु नै प्रयोग हो। 

हरेक सशक्त लेखकले जहिले पनि अग्रभूमिको निर्माण गरिरहेको हुन्छ। त्यस अग्रभूमिको निर्माण गर्न पश्चभूमिबारे पूरै थाहा हुनुपर्यो। त्यो थाहा भएन भने पुरानै कुराको पुनरावृत्ति हुन्छ।

यस्ता सबै नौल्याइँमा सबै सार्थक हुँदैनन्। त्यसबाट अग्रभूमिको निर्माण भए तापनि रोपिएका बिरुवा त उम्रँदैनन् नि! कतिपयचाहिँ योगदान दिने भएर देखा पर्छन्। कतिपय त्यसै निरर्थक भएर जान्छन्। त्यसो हुनाले नौलो हिसाबले विषयवस्तुमा, प्रस्तुतिमा, शैलीमा र शब्दप्रयोगमा सार्थक तथा प्रयोजनपूर्ण नयाँपन दिनु नै प्रयोगवाद हो। यो अति व्यापक कुरो हो। किनभने जुनसुकै क्षेत्रमा पनि यसको प्रयोग हुन सक्छ। तसर्थ कुनै एक धारमा , एक धर्कामा बाँधेर कसैलाई उत्तराधिकारी भन्नु उचित देखिँदैन कि जस्तो लाग्छ। 

नेपाली साहित्यमा  आलोचना–समालोचना निष्प्राण बन्दै गएको चिन्तालाई कुन हदसम्म स्विकार्नुहुन्छ?
समालोचना शिथिल हुने दुई कारण देखिन्छन्। एउटा, सशक्त रचनाहरूको सिर्जनै भएको छैन। समालोचना भनेको त कुनै कृतिबारेको प्रतिक्रिया र विश्लेषण हो। कृति भए न समालोचक हुने हो, कृति छैन भने के को समालोचना? त्यसो हुनाले यदि समग्र साहित्यमा शिथिलता आउँछ भने यस्तो अवस्था त देखिन्छ नै। गहकिलो कृतिको निर्माणपछि नै समालोचना हुने हो, कृतिअघि समालोचना हुने होइन। जब गहकिला कृतिको अभाव हुन्छ निश्चय नै समालोचना शिथिल हुन्छ। 

अध्ययनको कमीले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले शिथिल अनि कमजोर हुन पुगेको छ समालोचना।

अर्को कारण, अहिले नेपाली–समालोचना सामान्यतः ठगीको कार्य जस्तै भएको छ। यसो भन्नुको मेरो तात्पर्य के हो भने अधिकांश समालोचना गर्नेहरूको आफ्नो अध्ययन पनि राम्रो छैन। सामान्य अध्ययन गरेका छन्। त्यस अवस्थामा एउटा प्रभावमा बगेर त्यो कुरो कृतिमा लागू हुने भए पनि, नहुने भए पनि आफूले जानेका कुरा छाद्ने र उदाहरणस्वरुप त्यस कृतिका एकदुई उदाहरण राखिदिने गर्छन्। यो समालोचनाको परम्परित तथा पूर्वनिर्मित ढाँचालाई जस्ताको तस्तै प्रयोग गरिने ‘पन’ हो। यो सुविधावाली प्रवृत्ति हो। 

आज विश्वमा समालोचना अत्यधिक विकसित भएको छ। साहित्यशास्त्र पढेर मात्र समालोचना हुँदैन। त्यसको लागि ज्ञानविज्ञानका अन्य विषयहरू पनि पढ्नुपर्यो। अध्ययनको कमीले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले गर्दा सही समालोचना आइरहेको छैन। त्यसैले शिथिल अनि कमजोर हुन पुगेको छ समालोचना।

तपाईं आलोचना गर्दा शैलीविज्ञानको ढङ्गले शल्यक्रिया गर्नुहन्छ। तपाईंका आफ्ना कथामा शैलीविज्ञानको इच्छामुताबिकको ‘पन’ छ कि छैन?
शैलीविज्ञान समालोचनाको एउटा पद्धति हो। यो सिर्जनात्मक लेखनको सिद्धान्त र प्रक्रिया होइन अर्थात् लेखिएको साहित्यमा अध्ययन गर्ने तरिका हो। त्यसो हुनाले शैलीविज्ञानको दृष्टिकोणबाट साहित्य लेख्ने कुरै आउँदैन। शैलीविज्ञान साहित्य लेख्ने तरिका नभएर लेखिएको साहित्य हेर्ने प्रक्रिया हो। यो प्रक्रिया मुख्यतः भाषाविज्ञानबाट आएको हो। यस प्रक्रियाद्धारा निर्मित रचनालाई हेरिन्छ, रचनाको निर्माण गरिँदैन। 

पाँच–दस वर्षमा एकदुई रचना अन्तर्राष्ट्रिय स्तरका भए भन्दैमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भयो भन्न मिल्दैन। 

रचनाबारे सबभन्दा प्रामाणि कुरो रचनामा प्रयोग भएको भाषा हो। कृतिमा प्रयुक्त शब्द नै प्रामाणिक तथ्याङ्क मानिन्छ। यद्यपि, रचनाबारे त्यस लेखकले भनेको केही बयान पनि होला, तर त्यो बयान आधिकारिक मान्न सकिँदैन। त्यो बयान लेखकले कृति लेखेपछि दिएको बयान हुन्छ, तर त्यो प्रामाणिक हुँदैन, प्रामाणिकचाहिँ कृतिभित्र पाइने भाषा नै हुन्छ। शैलीविज्ञानले यही प्रयुक्त भाषालाई आधार मान्छ। त्यसो हुनाले  शैलविज्ञान समालोचना गर्ने दृष्टि हो, त्यो सिर्जना गर्ने विधि होइन। 

विश्व–परिप्रेक्ष्यमा नेपाली साहित्य एक कदम अगाडि सँगसँगै, एक पाइलो पछाडि वा कहाँ हो कहाँ परै... के छ?
यो बडो महत्वपूर्ण प्रश्न हो। यसको राम्रो उत्तर त्यतिखेर प्राप्त हुन सक्छ जब पर्याप्त मात्रामा नेपाली–साहित्य अनूदित होऊन्। अनूदित भएर तिनले विश्वसाहित्यमा एउटा मानक स्थापित गर्न सकून्, हाराहारी जान सकून्। अनुवाद भएपछि टड्कारो र प्रामाणि रुपमा भन्न सकिन्छ। 

हामी नेपालीमा लेखिरहेका छौं। त्यसको प्रयोगक्षेत्र नेपालमा छ। यहाँका रचनाहरूलाई बाहिरतिरकाहरूले कतै कुनैसँग दाँजेर केही लेखिदिएको हामी पाउँदैनौं। पाँच–दस वर्षमा एकदुई रचना अन्तर्राष्ट्रिय स्तरका भए भन्दैमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको भयो भन्न मिल्दैन। 

साहित्यमा भित्रिएको अनपेक्षित प्रयोगशीलताले समाजका आँखाबाट साहित्य क्रमशः ओझेल पर्दै गएको धारणा उचित–अनुचित के ठान्नुहुन्छ?
सर्वप्रथम  के भनिहालौं भने अनपेक्षित भएको भए ‘प्रयोग’ आउने नै थिएन। नचाहिने कुरो भएको भए त्यो आफैं बिलाएर गइहाल्थ्यो नि! प्रयोग टिकेर बसिरहेको छ भने त्यो त अनपेक्षित होइन। यसबारे धेरै चिन्ता लिनुपर्ने म देख्दिनँ। त्यो अनपेक्षित छ भने आफैं मासिएर जान्छ। प्रयोग सार्थक भएन भने त्यो दिगो पनि हुँदैन। अनि आउँछ र फास्सफुस्स जान्छ, तर सार्थक छ भने त्यसले नौलो बाटो बथान्छ। 

वेद, उपनिषद् वेदान्त कहाँ–कहाँको कुरा अर्थात् काव्येतर विषयको निष्कर्ष दिँदाको विरोधमा अकथा, अकविता र अनाटक आएका हुन्।

कथामा कथानकताको महत्व बढ्दै गयो। त्यसमा स्थान, परिवेश, चरित्र, आदिभन्दा कथानकको भाग बढी हुँदै गएर त्यो मात्रै महत्वपूर्ण हुन थाल्या र कथाभित्र व्यक्तिको ठिक पहिचान आउन छाड्यो। त्यसो हुनाले यसलाई मत्थर गराइ कथातत्वलाई सूक्ष्म गराउन यो अकथा आएको हो। 

त्यस्तै नाटकमा पनि कार्यव्यापार (एक्सन) बढी भयो। अनि त जीवन जस्तो जीवन भएन। थोपरेको जीवन जस्तो नौटङ्की भयो जीवन। यसलाई मत्थर गराउन अर्थात् जीवन जीवनजस्तो छ भन्न अनाटक आएको हो। यी कुनै पनि अनपेक्षित छैनन्। 

अनि कवितामा कविताभन्दा बढी भाव, विचार, दर्शन, फलाको आदि बढी हुन थालेपछि अकविता देखिएको हो। कुनै पनि खण्ड असन्तुलित भएपछि सन्तुलनको दिशामा चलिएका कदम हुन् यी। ती नसुहाउँदो प्रयोग छन् भने जुन बाटो आएका हुन् त्यही बाटो जान्छन्। 

कवितामै हेरौं न– दर्शनकै भरमार प्रभाव पर्न थाल्यो। जीवनलाई चङ्गा नभने कवितै नहुने! कविताको पनि आफ्नै विशेषता छ। दर्शनशास्त्रका कुरा किन ल्याउने? विषयवस्तु त जीवनमै वर्तमानमै छ नि! वेद, उपनिषद् वेदान्त कहाँ–कहाँको कुरा अर्थात् काव्येतर विषयको निष्कर्ष दिँदाको विरोधमा अकथा, अकविता र अनाटक आएका हुन्। ‘अ’ भनेको एकतत्वीय अत्याचार घटाउने आन्दोलन जस्तै हो। 

तपाईं भाषाविद् भएको नाताले यो बताइदिनुहोला– हाम्रो लेख्य भाषिक एकरुपतामा ल्याउन सकिने आधारहरू बनाउन सकिन्छ कि सकिँदैन?
पक्कै पनि सकिन्छ। भाषा नदी जस्तै बहिरहन्छ। त्यसमा बाँध बनाउने काम निरन्तर हुनुपर्छ। भाषारुपी नदीमा बाँध बनाउनु भनेको एकरुपताको प्रयास गर्नु हो। जुन स्तरीय रुप छ त्यसलाई आज बनाएर पनि भोलि बगेर कहाँ पुग्छ काँ। त्यसको स्थिरीकरण हुनुपर्यो। यी सम्पूर्ण कार्य गर्न एउटा राष्ट्रिय निकाय चाहिन्छ। भाषासम्बन्धी राष्ट्रिय निकायले यहाँका सम्पूर्ण भाषाहरूको विकासका उपायहरू गरोस्। प्रवर्द्धन गरोस्। एकरुपता कायम गर्ने प्रयास गरोस्। राष्ट्रिय रुपमा कहीँकतैबाट यस्तो कुनै ठोस कार्य भएको छैन। 

नेपालीमा नयाँ शब्दको खाँचो अनुभव हुन थालिसक्यो। जबसम्म तिनलाई बोध गराउने पारिभाषिक शब्द हामी बनाउँदैनौं त्यस बेलासम्म हाम्रो भाषाको आधुनिकीकरण हुँदैन।

केही प्रयास विश्वविद्यालयबाट भएको छ भने यो नेपाली विभागअन्तर्गत आगन्तुक शब्द नेपाली नियममा लेख्ने भन्ने छ। नेपाली विभागअन्तर्गत नेपाली पठनपाठन  हुने क्षेत्रमा मात्र यो नियम लागू भो, नेपालभरि त लागू भएन। फेरि एकपल्ट गर्दैमा यो काम सकिँदैन। किनभने भाषा त नदी झैं निरन्तर बगिरहन्छ। त्यसैले एकरुपता तथा स्थिरीकरण प्रयास पनि निरन्तर भइरहनुपर्छ।

 लेख्य रुपमा विद्यालयीय वा विश्वविद्यालयीय पठनपाठनले थोरै भए पनि एकरुपता आएको हो। अरु समेट्ने भएपछि कसले कसलाई भन्ने? सरकारले एउटा बृहत् स्तरको भाषिक निकाय खडा गर्नुपर्छ। कति भाषा लोप हुने स्थितिमा छन्, तिनलाई बचानउनुपर्यो। कति क्षेत्रीय र स्थानीय स्तरका भाषा छन्। तिनलाई माथिल्लो स्तरमा लैजानुपर्यो। अझ राष्ट्रभाषा नेपालीकै आधुनिकीकरणको प्रयास गर्नुपर्यो। 

नेपालीमा नयाँ शब्दको खाँचो अनुभव हुन थालिसक्यो। जबसम्म तिनलाई बोध गराउने पारिभाषिक शब्द हामी बनाउँदैनौं त्यस बेलासम्म हाम्रो भाषाको आधुनिकीकरण हुँदैन। 

नेपाली साहित्यमा देखापरेको टड्कारो खराबी पक्ष कुन होला जुन नसच्याइ भएकै छैन?
एउटा त अध्ययन–मननको अभाव पाएको छ। अध्ययन–मनन नगरी के–कति भइसक्यो र के–कति गर्न बाँकी छ–थाहा हुँदैन। 

विश्लेषण छ– त्यो नै सर्वोपरि हो, त्यही सत्य हो, त्यहाँदेखि यताउता केही पनि होइन भन्ने अधिकांश देखिन्छ। 

एउटा गोष्ठीमा मैले कार्यपत्र प्रस्तुत गरेको थिएँ। थुप्रै रचनाकारहरू पनि सहभागी थिए। त्यहाँ उनीहरूको धारणा के देखिन्थ्यो भने– कार्यपत्रमा नयाँ विचारहरू आए रे! अब त्यो नयाँ कुरा उनीहरूले जानिराखेकोसँग मेल खाएन। मेल नखानेबित्तिकै आफ्नो असहमति र विरोध देखाउन थालिहाले। 

मेरो बारेमा लेखिदिएन, त्यसैले सम्पूर्ण नेपाली समालोचना नै शिथिल भयो भन्छन् तिनीहरू। अचेल लेखकहरू काम थोरै गर्छन्, दाबी धेरै गर्छन्। दाबी बढेका छन्, काम त्यति भएका छैनन्।

उनीहरू साहित्यकार हुन् भने आफ्नो पठनपाठन गर्ने प्रवृत्तिलाई व्यापक पार्नुपर्छ। नयाँ समालोचना किन पढ्ने भन्ने धारणा अहिले बढेको छ। नयाँनयाँ समालोचनात्मक कुरा वा पुराना कुराको अध्ययन गर्नुहुनन भने त तपाईं आफ्नो लेख्नुस्, घरै बस्न्स्, प्रकाशित पनि नगर्नुस्। तपाईं साँच्चै लेख्नुहुन्छ भने कोसँग मिल्न गयो वा मिलेन भन्ने अरुको धारणा पनि बुझ्न जरुरी छ।

अहिलका धार कता गइरहेको छ थाहा पाउनु आवश्यक हुन्छ। आखिर मैनालीको बेलाको कथा लेखेर भएन नि! त्यसको लागि आजको संसार कता गइरहेको छ–अध्ययन गर्नुपर्यो। अरुको अध्ययन–मनन गर्नै नचाहने, उनको चाहिँ विवेचना गरेर उच्च मूल्यांनसाथ लेखिदिनुपर्ने! अहिले यस्ता नकारात्मक प्रवृत्ति बढिरहेको छ। 

समालोचना शिथिल भयो भन्ने भनाइ त्यस्तैको हो। मेरो बारेमा लेखिदिएन, त्यसैले सम्पूर्ण नेपाली समालोचना नै शिथिल भयो भन्छन् तिनीहरू। अचेल लेखकहरू काम थोरै गर्छन्, दाबी धेरै गर्छन्। दाबी बढेका छन्, काम त्यति भएका छैनन्। यही सानो उपलब्धिमा ठूलोदाबी गर्ने प्रवृत्तिले बिगारेको छ।                

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्