• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
निबन्ध : केही प्रश्न भगवानसँग
64x64
नेपाल लाइभ शनिबार, माघ २६, २०७५  ०६:१६
1140x725

भगवान,
मैले तिमीलाई आजसम्म देखेकी छैन, न कहिल्यै भेटेकी छु। तिम्रो आवाज कस्तो हुन्छ न मैले सुन्न नै पाएकी छु। तैपनि मनमा केही भइदिओस् भन्ने इच्छा पलायो भने सबैभन्दा पहिले तिमीलाई भन्छु। तिमीले मेरो रहर पुरा गर्छौ भन्ने आसमा, तिमी छौ भन्ने विश्वासमा म आपत परे पनि तिमीलाई सम्झिन्छु र खुसी भए पनि।

तिमीप्रतिको यो प्रेम एकोहोरो हो वा दोहोरो, मलाई थाहा छैन। तर पनि म तिमीलाई सर्वश्रेष्ठ मान्छु, चमत्कारी ठान्छु। मेरो आवाज तिमीसँग पुग्छ कि पुग्दैन। तिमी छौ भन्ने कुरा पनि सत्य हो वा होइन। भोगिरहेको संसार भ्रम हो भन्छौ तिमी, तर तिमी स्वयम् प्रकट नै हुँदैनौ, तिमी के हौ भ्रम हौ वा सत्य त्यो पनि हेक्का छैन। यद्यपि तिम्रो पिछा गरिरहन्छु।

मेरो मनमा तिमीप्रति जति विश्वास छ, त्यति नै शंका पनि। कतिपय अवस्थामा स्थिति यस्तो भैदिन्छ कि म दोधारमा हुन्छु, तिमीलाई मानौँ या नमानौँ। मैले धर्मग्रन्थ पढेकी छैन, तर यति थाहा छ हरेक धर्म मान्नेले एउटा अदृश्य शक्तिलाई मान्छन् र शक्तिशाली ठान्छन्। साँच्चै हरेक मान्छे यस्तो किन सोच्छन्? तिमी भएर हौ वा यत्तिकै, त्यो पनि मलाई हेक्का छैन।

धेरै पटक सुनेकी छु, पवित्र मन, निस्वार्थ भावना लिएर मनैदेखि प्रार्थना गर्यो भने तिमी सुन्छौ रे नि हो? यही विश्वासमा पटक–पटक तिमीसँग धेरै कुरा मागेकी थिएँ। तर, किन मलाई विश्वास लागेन कि तिमी सुन्छौ पनि। हुन त मेरो मन पवित्र नभएर होला। यात मेरा भावनामा स्वार्थको लेप पो लागेको थियो कि?

अन्ततः मागेको पुगेन भनौँ सच्चा नभएको सावित होला भन्ने पीर, पुग्यो भनौँ आफैंमाथि कसरी झुट बोलौँ? तिम्रो अगाडि एउटा औँला ठड्याउँदा आफूतिर तीन वटा औंला तेर्सिन्छन् भन्ने हेक्का नभएको होइन। यसर्थ गाह्रो हुन्छ जोकसैको विपक्षमा बोल्न पनि। तथापि आज तिमीसँग प्रश्न गर्ने दुसाहस गर्दैछु। आग्रह यत्ति भने अवश्य छ कि यही प्रश्नकै आधारमा मलाई नास्तिक नसोचियोस्। किनकी हरेक प्रश्न एउटा गतिलो जवाफ बोकेर उभिएका हुन्छन्। त्यसकारण पनि प्रश्न जरुरी छ। प्रश्नमा नै त यो संसार चलेको छ। लाग्छ मेरो मनमा प्रश्न जीवित छ र त तिम्रो अस्तित्व पनि कायम छ। यदि प्रश्न नहुँदो हो त?

केलाई भन्ने निस्वार्थ भावना? दिमागमा रिंगटा चल्छ। नचलोस् पनि कसरी? मलाई लाग्छ माग्नु स्वयम् स्वार्थीपनको उच्चतम् उदाहरण हो। तिम्रो अगाडि केही नमागी बसौँ मन मान्दैन, मागौँ आफ्नै नजरमा स्वार्थी ठहरिन्छु। अब कसरी तिमीसम्म आफ्नो आवाज पुर्‍याउनु? कि तिमी केही नभनीकनै सारा कुरा बुझ्छौ र आफैं सबैका इच्छा पुरा गरिदिन्छौ? तिमी त सर्वव्यापी हौ रे नि? प्रश्न उब्जिन्छ, सोधिहाल्छु। आखिर प्रश्न सोध्नका लागि त उब्जिन्छ। तिमी पूजा या प्रार्थना गर्नेको कुरा मात्र सुन्छौ कि नगर्ने को पनि? सबैको सुन्छौ भने त तिमी समावेशी भइगयौ। यदि पूजा र प्रार्थना गर्नेको मात्र सुन्छौ भने तिमी आफैं पनि त स्वार्थी भयौ नि हैन र?

कल्पन्छु तिम्रो स्वरुप। वास्तवमा भगवान कस्तो होला? ठ्याक्कै तस्बिरमा देखिएजस्तो या बेग्लै? कस्तो ठाउँमा बस्छौ? के खान्छौ? ठूलो इच्छा छ तिम्रो दर्शन गर्ने। तिमी आकास, धर्ती यात धर्तीकाे गर्भमा बस्छौ भनौँ भने वैज्ञानिकहरुले पूरापूर ब्रह्माण्डको फन्को लगाइसके भन्छन्। उनीहरुको नजरमा तिमी परेनौ कि तिमी आफैं देखिन चाहेनौ? देखेको भए पक्कै भेट्थे, कुरा गर्थे र हालखबर सोध्थे होलान्। म जस्तै कोही पुगेको भए तिम्रो छेउ पक्कै सोध्यो होला एउटा प्रश्न–तिम्रो आँखामा म कस्तो देखिन्छु?

खोइ कहाँ छौ तिमी? कि तिमी हावाजस्तो छौ नदेखिने? हावा नदेखिए पनि महसुस गर्न त सकिन्छ। तिमीलाई त महसुस गर्न पनि सक्दिन। मैले नजानेर पो हो कि, कुनै विशेष तरिका पो छ कि? साह्रै मन छ तिम्रो दर्शन गर्न, भनन कहाँ छौ? कि त मेरोसामु आउ या त मलाई बोलाउ, म स्वयम् तिम्रो दर्शन गर्न आउनेछु।

तिम्रो नाममा धेरै मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद र गिर्जाघर बनेका छन्। तिमी त्यहाँ बस्छौ भन्ने धेरैजना विश्वास पनि गर्छन्। र त भिड र लाम देखिन्छ यी ठाउँहरुमा। म पनि गएकी थिएँ तिमीलाई भेट्न, बडो दुःख गरेर। तिमीलाई भेट्न पाएको भए, तिम्रो दर्शन पाएको भए त्यो दुःख मेरा लागि जाबो हुने थियो। तर, तिमीले वास्तै गरेनौँ। यसले यस्तो भन्यो नभन्नु, सम्झनु यो सब भन्नुमा मेरै मात्र स्वार्थ लुकेको छ। कारण मैले मलाई त बुझ्न सकिरहेको छैन भने तिम्रो कुरा.....?

जतिबेला तिमी बस्छौ भन्ने ठाउँमा पुगेको थिएँ, तिमी प्रतिक्रियाविहीन भएर बसिरह्यौ। शून्यमै सकियो त्यो पल। लाग्ला तिमीलाई आवाज जरुरी थियो। बरोबर यो भ्रम नै त थियो होला, लागिरह्यो–शून्यमा आवाज कसरी संख्याको उकालो उक्लिनसक्छ?

म भड्किन चाहन्न। फरि त्यहीं पुग्छु, जहाँ म छोडिएको छु।

हाम्रो घरमा त तिमी आएनौ–आएनौ, तिम्रोमा आउँदा त त्यस्तो गर्न हुँदैनथ्यो नि? अझै यस्तो पनि अवस्था छ, तिमी या तिमी नै हौ भन्ने मानेका ती चिज (मूर्ति, क्रस, अनि यस्तैयस्तै), जो प्रतिक्रियाविहीन छन्। (भनिन्छ त्यसमा प्राण भरिएको हुन्छ, मान्छेले नै तिमीलाई त्यहाँ स्थापित गर्छन्, तर, उही मान्छेसँग भने तिम्रो पानी बाराबारको सम्बन्ध छ।) केही दिँदैनौ, तै पनि दर्शन गर्छु भन्दा समय हेरेर मन्दिर, चैत्य, मस्जिद, चर्चमा ढोका बन्द गरिन्छ। के तिमीले नै आदेश दिएका छौ–ढोका बन्द गर्नु भनेर, यात जसले तिम्रो प्राण मूर्तिमा स्थापित गरे, उनीहरुले नै आफूखुसी बन्द गरिदिएका हुन्। ठिक यतिबेला थप अर्को प्रश्न पहाड बनेर उभिन्छ–साँच्चै तिम्रो इशारामा मान्छे चल्छ कि, मान्छेको इशारामा तिमी?

हामी त घरमा आधा रातमा पाहुना आए पनि ‘अतिथि देवो भवः’ बिर्सन्नौ। मुुसुक्क हाँसेर सत्कार गर्छौं। तिम्रो घरमा त बिहान या साँझ, बस् ताल्चा लाग्छ। तिमी भाग्छौ भन्ने पिरले यी मान्छेले तिमीलाई ताल्चा लगाएर राखेका त होइनन्?

थाहा छ होला तिमीलाई यहाँ तिम्रै नाममा धेरै अधर्मी कामहरु हुन्छन्। मान्छेबाट मानवता हराएको छ। कति जनावरहरुको बली चढाइन्छ। के तिमीलाई ठीक लाग्छ हत्याहिंसा? यो सब हेरिरहन के तिमी निरिह छौ यात बाध्य? कि तिमी आफैंलाई केही श्राप परेको छ। हैन भने बोल्न मन छैन नबोल ठिकै छ, तर केही चमत्कार त गर। तिमी त चमत्कारी हौ नि। खासीबोकाको टाउको छिन्ने बित्तिक्कै फेरि जोडिदेउ न। कम्तीमा काट्ने/कटाउने मान्छे हेरेको हेरै होस्। बुझुन् न सबैले कि तिमीलाई बली दिएको मन पर्दैन भनेर। चुपचाप रगतमा डुबेर बस्छौ, तिमी भगवान हौ कि राक्षस?

मन्दिर बाहिर कति भोका नाङ्गा बसेका हुन्छन्, मान्छे तिमी भनेर ढुंगाहरुमा के–के चढाउँछन्– अक्षता, फूलप्रसाद, अनेकादि व्यञ्जन आदिआदि। तिमीलाई चढाएको व्यञ्जन चमत्कार गरेर भोको मान्छेका मुखमा पुर्‍याइदेउन। सक्छौ कि सक्दैनौ? सक्दैनौ भने तिमी र ममा के फरक?

थाहानै होला तिमीलाई संसार त ‘रे’मा चलेको छ। यस्तो भयो रे, त्यस्तो भयो रे, यसो गर्नुपर्छ रे, उसो गर्नुपर्छ रे, यसो गर्नुहुन्छ रे, त्यसो गर्नुहुन्न रे, यो गरे पाप रे, त्यो गरे धर्म रे। वास्तवमा ‘रे’मा बाँच्न गाह्रो हुनेरैछ। को थिए ती भाग्यमानी पुस्ता जसका अगाडि आफैं आएर तिमीले पहिलाेपटक धर्म र पाप सिकायौ, पूजा–प्रार्थना कसरी गर्ने बतायौ। अनि पूजाप्रार्थना कसले गर्न हुने, कसले गर्न नहुने बतायौ। तिम्रा लागि त सबै समान हुनुपर्ने हैन र? जसले पनि पूजाप्रार्थना गर्न पाउनु पर्ने हैन र? खै त पाएको?

अगाडि पनि भनिसकें, तिमीले बोलेको सुनेको छैन। तर, तिमी छौ, बोल्छौ भनेर यहाँ थुप्रै धर्मगुरु र माताहरु बोल्छन्। के तिमी आफू आउन नसकेर उनीहरुको मुखबाट बोलेका हौ त? हौ भने किन भन्दैनौ धर्म भनेको मठमन्दिर, गुम्बा र गिर्जाघर धाउनु हैन, दियो बाल्नु हैन, व्रत बस्नु हैन, पूजाप्रार्थना गर्नु हैन, नमाज पढ्नु हैन भनेर। कि तिमी पूजा र प्रार्थनाको लोभी छौ?

धर्म भनेको त धारणा होइन र? असल जीवन बाँच्ने धारणा। भोकालाई गाँस, बेघरलाई बास र नाङ्गालाई कपास दिनु हैन र? दुःखीको सहयोग गर्नु नै धर्म हुनुपर्ने हो मेरो विचारमा। तिम्रो विचारमा के हो? तिम्रो नाममा मुछिने टिकामा प्रयोग हुने चामलले कसैको भोक मेट्नसके पो राम्रो, तिम्रो नाममा प्रयोग हुने पैसा कसैको भलो हुने काममा लगाए पो राम्रो। तिमी त आफैं सम्पूर्ण हौ। तिमीलाई हामीले दिएकाले पुग्ने नि हैन, लाग्छ हामीसँग तिमीलाई पुग्नेगरी दिने पनि त केही छैन।

त्यसैले तिम्रो चमत्कारको प्रतिक्षामा छु। यहाँ तिम्रो नाम बेचेर धेरैले दुरुपयोग गरेका छन्। तिम्रा भक्त र अनुयायीहरुको आँखा खुल्न जरुरी छ। म तिम्रो भक्त हुँ। त्यसैले डराउँछु, कतै तिम्रो नाम बदनाम त हुने होइन? त्यसैले तिमीले चमत्कार देखाउनै पर्छ, हैन भने मजस्तै एकदिन तिमी पनि सबैको मन–मस्तिष्कबाट मर्नैपर्छ।

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ०६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्