काठमाडौं– बम विस्फोटको घटनापछि घाइतेहरुको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल ललितुरको मेडिसिटी अस्पताल पुगेका छन्।
नख्खुमा गएराति एनसेल कार्यालय नजिक बम बिस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो। घटनामा दुई जना घाइते भएका छन्। गृहमन्त्रीले अस्पताल पुगेर घाइते र घटनाबारे जानकारी लिए।
विस्फोटमा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने २६ वर्षीया प्रतीक्षा खड्का र २५ वर्षीया उरुषा मानन्धर घाइते भएका छन्। उनीहरु दुवैको मेडिसिटीमा उपचार हुँदैछ।
घटनाको छानबिन हुने भन्दै गृहमन्त्री थापाले घाइतेको उपचार सरकारले गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।