काठमाडौं- नेपाल लाइभकर्मी अजय शाहलाई अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा सम्मानित भएका छन्।
महिला विकासकाे क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै केयर बाल गृह कपन-११ काठमाडौंले शुक्रबार उनलाई सम्मान गरेको हो।
शाहले महिला तथा बालबालिकाकाे क्षेत्रमा कलम चलाउँदै आएका छन्। बाल गृहले पत्रकार शाहसहित काठमाडौंमा लामाे समयदेखि टेम्पो चलाएर सेवा पुर्याउँदै आएका तीन जना महिला टेम्पो चालकलाई समेत सम्मान गरेकाे छ।
सम्मानित हुनेहरूमा सिन्धुपाल्चोककी सुमित्रा राई, दाेलखाकी राधिका श्रेष्ठ र रामेछापकी सीता पिठोकाेटी मगर रहेकी छन्।
त्यसैगरी कार्यक्रममा नेपाल परिवार नियाेजन संघकी कार्यक्रम संयाेजक मीना श्रेष्ठ र नेपाल नेत्रहीन ज्योति संघकी अध्यक्ष सीता सुवेदीलाई समेत सम्मान गरिएकाे थियो।
२०७२ सालमा स्थापना भएको बाल गृहले हाल १५ जना अनाथ बालिकाहरूको संरक्षण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।