बेरुत- लेबनानमा रहेका पौने दुई लाख सिरियाली शरणार्थीहरु घर फर्किएको अधिकारीहरुले बताएका छन्।
लेवनानका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यही मार्चसम्ममा स्वदेश फर्किने सिरियाली शरणार्थीहरुको संख्या एक लाख ७२ हजार ४६ पुगेको छ।
'सिरियाली शरणार्थीहरुलाई आफ्नै देशमा फर्काउनका लागि लेबनानले स्वंयसेवी भएर निरन्तररुपमा धेरै कामहरु गरेको छ', एक अधिकारीले भने। उनले आगामी दिनमा पनि निरन्तर यो काम गरिरहने पनि बताए।
केही शरणार्थीहरुले भने सिरिया फर्किएपनि सुरक्षित रहन नसकेको बताएका छन्। स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन्। यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन्।
हिंसा अझै रोकिएको छैन। यहाँ गृहयुद्ध जारी छ। जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।