जनकपुर– महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा १ जना भारतीयलाई पक्राउ गरेको छ।
भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीलाई प्रहरीले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
अन्सारीले डेढ महिनाअघि सितामढी जिल्ला ग्राम पञ्चायत महादेवपट्टी १५ घर भएकी १५ वर्षीया किशोरीलाई ललाइफकाई महोत्तरीको औरही ल्याएर सँगै राखेका थिए।
६५ वर्षीय वृद्धले १५ वर्षीया किशोरीलाई औरही १ स्थित आलम अन्सारीको घरमा राखेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गौशालाको टोलीले ती किशोरीको उद्धार गरेको थियो।
साथै, अन्सारीलाई पक्राउ गरेको इप्रका गौशालाका प्रमुख इन्सपेक्टर किशोर आर्चायले बताए।
प्रहरीले उद्धार गरेको किशोरीलाई उनको परिवारजनको जिम्मा लगाएर घर फर्काइसकेको छ।
अन्सारीले विवाहको प्रलोभन दिएर किशोरीलाई ल्याएको र सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।