काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन् । नम्रता सन् १९३७ को चर्चित अमेरिकी नाटक 'गोल्डेन ब्वाई'को नेपाली संस्करणमा मुख्य भूमिकामा प्रस्तुत हुन लागेकी हुन् । यसअघि उनले ३ नाटकमा अभिनय गरिसकेकी छन् । मंगलवार राजधानीमा एक कार्यक्रमका सोको जानकारी दिइएको हो।
नाटक १ सेप्टेम्बर देखि १० सेप्टेम्बरसम्म त्रिपुरेश्वरको यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको 'कर्मा बार एन्ड लाउन्ज'मा मञ्चन हुनेछ । नाटकमा नम्रताको जोडी अमृत दाहाल हुनेछन्। अमृत नाटकमा 'जोए बोनापरते'को भूमिका हुनेछन् । नाटकको निर्देशक एवं निर्मात्री डेबोरा मेरोला हुन्।
नम्रताको प्रोडक्शन कम्पनी 'हाइली हाई इन्टरटेन्मेन्ट' र 'वान वल्र्ड थिएटर'को प्रस्तुति रहेको नाटकमा नम्रता र अमृतको साथमा राजकुमार पुडासैनी, दिव्य देव आदिको अभिनय रहनेछ । नाटकको बारेमा नम्रताले भनिन्, 'मैँले फिल्म निर्माण र अभिनयबाट केही समय ब्रेक लिएर 'गोल्डेन ब्वाई' नाटक गर्न लागेकी हुँ । नाटक गर्न पाउँदा मलाई निकै खुशी लाग्छ । मैँले वर्षमा एउटा नाटक गर्ने सोच पनि बनाइरहेको छु ।' नाटकमा उनी 'लोरना मून'को भूमिकामा हुनेछिन्।
चर्चित अमेरिकी लेखक क्लिफर्ड ओडिट्स लिखित 'गोल्डेन ब्वाई'मा १९३९ मा हलिउड फिल्म निर्माण भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।