काठमाडौं- करिब एक हजार ६ सय वर्ष पुरानो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पाटनबाट बुधबार सुरु भएको छ।
उपत्यकाकै सबैभन्दा लामो यो जात्रा वर्षेनि मातातीर्थ औंशीपछिको चौथो दिन अर्थात् बैशाख शुक्ल चतुर्थीदेखि शुरु हुन्छ। असार शुक्ल चतुर्थीका दिन लगनेखेलमा रथ पुगेसँगै जात्रा समापन हुने गर्दछ।
पहिलो दिन बुधबार अपराह्न पुल्चोकबाट तानिएको रथयात्रा गरी रथ गाबहाल पुर्याइएको छ।
मेलम्ची र ढल निर्माणले बिग्रेको पुल्चोकदेखि मंगलबजारसम्मको सडक रथयात्राका लागि केही साताअघि मात्र कालोपत्रे गरिएको थियो।
बुधबार रातो मच्छिन्द्रनाथसँगै मीननाथको पनि रथयात्रा सुरु हुने जानकारी दिइएको छ। मीननाथलाई भने बुधबार नै टंगल टोलमा रहेको सानो रथमा रथारोहण गरी रथयात्रा सुरु गरिन्छ।
टंगल टोलमा रथारोहण गरिएको मीननाथको रथलाई भने, रातो मच्छिन्द्रनाथको बाटो हेर्न लैजाने परम्परा छ।
रातो मच्छिन्द्रनाथलाई पुल्चोकबाट गाबहालसम्म तानेपछि मच्छिन्द्रनाथ अघिअघि र मीननाथ पछिपछि गराएर रथयात्रा गर्ने चलन छ।
यो रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म पुर्याइनेछ। यसपछि समापन हुने गरेको छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।