म्याड्रिड– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ। ड्र अनुसार पछिल्लो तीन संस्करणको च्याम्पियन बार्सिलोनाले इस्पान्योलसँग प्रतिस्पर्धा गर्नेछ।
नुमान्सियालाई पराजित गर्दै अन्तिम आठमा पुगेको रियल म्याड्रिडले लेगानेससँग भिड्ने छ। यता एट्लेटिको म्याड्रिडले सेभिल्लाको सामना गर्नेछ। गत वर्षको उपविजेता डेपोर्टिभो अलाभेस र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलको पहिलो लेग साताको ला लिगाको खेलपछि हुनेछन्। बुधबार र बिहिबार पहिलो लेग भएपछि दोस्रो लेग २४ र २५ जनावरीमा हुनेछ।
अन्तिम आठ प्रतिस्पर्धा
बार्सिलोना – इस्पान्योल
रियल म्याड्रिड – लेगानेस
एट्लेटिको म्याड्रिड – सेभिल्ला
भ्यालेन्सिया – अलाभेस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।