काभ्रे– काभ्रेको धुलिखेलमा गुडिरहेको बसमा आगो लागेको छ। यात्रुहरु छिट्टै बसबाट निस्किएकाले कुनै पनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ।
भकुेण्डेबेशीतर्फ जाँदै गरेको बसमा आगो लागेको काभ्रेका एसपी सहकुल थापाले बताए।
बा ३ ख २३७० नम्बरको बसमा आगो लागेको हो। स्थानीयले माटो र पानी हालेर आगो निभाएका थिए। इन्जिनमा बिद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।