दाङ– विहेमा गएका एक युवकको बेहोस भएर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१४ फौसापुर बस्ने १७ वर्षीय मनिराम चौधरीको बेहोस भएर मृत्यु भएको हो।
माघ २३ गते सोही ठाउँमा भएको विवाह हेर्न गएका चौधरी बाटोमा बेहोश अवस्थामा फेला परेपछि उपचारको लागि मेडिकल कलेज नेपालगंज लगिएकोमा उपचारको क्रममा बुधबार मृत्यु भएको थियो। प्रहरीले चौधरीसँग विवाह हेर्न गएका ७ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।
उता काठमाडौंको सिनामंगलस्थित नमोबुद्ध गेष्ट हाउस नजिक सडकमा माघ २३ गते बेहोस अवस्थामा फेला परेका कास्कीको रतनचोक नगरपालिका–८ का २६ वर्षीय सुमन गुरुङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।