काठमाडौं- नागढुंगास्थित बाडभञ्जयाङ सडकखण्ड स्थानीयले अवरुद्ध पारेका छन्।
समयमै सडक निर्माण नभएको भन्दै आक्रोशित स्थानीयले बिहानैदेखि सडकमा गाडी गुड्न नदिएका हुन्। जसका कारण थानकोट–नागढुंगा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको छ।
स्थानीयसँग सहमति गरी सडक खुलाउने प्रयास भइरहेको थानकोट प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।