अर्घाखाँची–श्रीमतीको विषयलाई लिएर भएको विवादमा अर्घाखाँचीमा दुई जना दाई मिलेर भाईको हत्या गरेका छन्।
गमा सन्धिखर्क नगरपालिका–५ बलेवाङमा बालुवा चाल्ने काम गरी बस्ने कपिलवस्तु महाराजगंज नगरपालिका–६ सुरनियाका ३२ वर्षीय जयशंकर पासवान र उनकै माइलो भाई ३० वर्षीय कृष्ण पासवानले भाई प्रेमको हत्या गरेका हुन्।
प्रहरीका अनुसार जयशंकरको श्रीमती पुनम पासवानका बिषयमा विवाद भई उनीहरु दुवैले आफ्नै काइलो भाई प्रेम पासवानलाई रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएकोमा उपचारको क्रममा प्रेमको मृत्यु भएको थियो ।
जयशंकर र कृष्णलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।