काठमाडौं– १४ करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको आरोपमा बाफलस्थित साइरियस कलेजका सञ्चालक मुकुन्दलाल श्रेष्ठ पक्राउ परेका छन्। उनले सहकारीको नाममा पैसा उठाएर ठगी गरेको प्रहरीले जनाएको छ।
साइरियस बचत तथा ऋण सहकारी संस्थाका नाममा उनले सयौं व्यक्तिहरुलाई ठगी गरेका हुन्। एक करोड २० लाख रुपैयाँ ठगीको जाहेरी आएको र प्रारम्भिक अनुसन्धानमा उनले करिब १४ करोड रुपैयाँ ठगी गरेको देखिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप बहादुर क्षेत्रीले बताए।
आफन्तहरुलाई नै संचालक राखेर उनले सहकारी स्थापना गरेका थिए। सहकारीको कार्यालय पटक पटक सारेका उनले पछि फरार भएका थिए। सहकारीमा बचतका नाममा सयौं व्यक्तिहरुसँग उनले पैसा लिएका थिए। उनीबाट ठगीनेको संख्या धेरै भएको डिएसपी क्षेत्री बताउँछन्।
ठगीमा उनलाई साथ दिने उनका आफन्तहरु फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।