काठमाडौं- गण्डकी विकास बैंकले चैत १ गतेबाट सेयर लिलामीमा निष्काशन गर्ने भएको छ। बैंकले हकप्रद सेयर निष्काशन गर्दा नबिकेको ३ लाख ५२ हजार ९ सय १ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो। जसमध्ये १ लाख ३० हजार ७ सय १६ कित्ता संस्थापक सेयर रहेको छ भने २ लाख २२ हजार १ सय ८४ कित्ता सर्वसाधारण सेयर रहेको छ।
बैंकले बिक्री गर्न लागेको लिलामी सेयरमा प्रतिकित्ता १ सय अंकित मूल्य छ। लिलामी सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
बैंकले मंसिर ७ गतेदेखि पुस ११ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो।
कहाँबाट दिने आवेदन?
सेयरका लागि चैत ८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। प्रभु क्यापिटल लिमिटेड, कमलादी, गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु पोखरा, खिचापोखरी, विराटनगर, वीरगन्ज र बुटवल तथा प्रभु बैंकको शाखा कार्यालय नेपालगन्ज, सुर्खेत र धनगढीबाट आवदेन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।