उर्लाबारी (मोरङ) - मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ।
हङकङमा रहेकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग संकलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गर्नुभएको थियो।
सुब्बासहित हङकङमा रहेका ३० जनाको समूहले गृहद्वारा सञ्चालित अक्षयकोषमा सो रकम सहयोग गरेका छन्। गृहमा आश्रित बालबालिकाको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सो रकम सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने सहयोगी सुब्बाले बताए।
गृृहकी अध्यक्ष बरालले हङकङबाट बालबालिकाको जीविकोपार्जनका लागि गरिएको सहयोग उदाहरणीय भएको उल्लेख गरे। उनले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा साथ र सहयोगका लागि अपिल गरेकी छिन्।
नमूना बालगृहमा विभिन्न जिल्लाका ४३ जना बालबालिका आश्रित रहेका छन् । सो गृहका बारेमा केही दिनअघि राससबाट समाचार प्रकाशित भएपछि दाताहरुले रकम तथा खाद्यान्न सहयोग गर्दै आएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।