कैलाली–धनगढीका कोरोना संक्रमित युवकका परिवारका सदस्यलाई थ्रोट स्वाबको नमूना संकलन नगरी घर पठाइएको छ। दुबईबाट फर्किएर गत ११ गते सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा भर्ना भई कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकका परिवारका अन्य सदस्यको नमूना संकलन नगरिएको हो।
सेती प्रादेशिक अस्पतालका प्रवक्तासमेत रहेका ईमर्जेन्सी विभाग प्रमुख डा. जगदिशप्रसाद जोशीले उनीहरुमा पूर्व लक्षण नदेखिएकाले तत्काल नमूना संकलन नगरिएको बताए। ‘नमूना संकलन गर्न कुनै न कुनै लक्षण देखिनुपर्छ,’ डा. जोशीले भने, ‘तर उहाँका परिवारका सदस्यहरुमा कुनै किसिमको लक्षण नदेखिएकाले अहिले क्वारेन्टाईनमा राखेका छौँ।’
धनगढीस्थित रंगशालामा निर्माण गरिएको क्वारेन्टाईनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका ८ जना परिवारका सदस्य र अस्पताल पु¥याउने आफन्तलाई पनि सेल्फ क्वारेन्टाईनमा बस्न भन्दै घर पठाईएको हो।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमु्ख नरेन्द्र कार्कीले उनीहरुलाई सेल्फ क्वारेन्टाईनमा बस्ने गरी सोमबार साँझ घर पठाईएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।