उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ गबुवाकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
शनिबार बेलुका बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कटारी–४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।
पीडित बालिकाले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी योगीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।