• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउन क्लिनिकल ट्रायलमा कम्पनी, संक्रमितमा हुँदैछ परीक्षण
64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  १५:५४
1140x725

एजेन्सी- अप्रत्याशित ढङ्गले कोरोना भाइरसको संक्रमण विश्वमा फैलँदै गएको छ। यसको नियन्त्रणका लागि विभिन्न देशले उपचार विधी पत्ता लगाउन पहल गरिरहेका छन्। मेडिकल वैज्ञानिकहरू यसको नियन्त्रणका लागि एन्टिभाइरल भ्याक्सिन उत्पादन गर्न तल्लीन छन्। 

बुधबार अस्ट्रेलियाको मेरिल्यान्डस्थित एक बायो टेक कम्पनी नोभाभ्याक्सले कोरोनाविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गर्ने बताएको छ। आगामी मे महिनाको मध्यमा अस्ट्रेलियामा उक्त भ्याक्सिनको परीक्षण हुने कम्पनीले जानकारी दिएको हो। नोभाभ्याक्स‚ कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेका करीब दुई दर्जन कम्पनीहरूमध्येकै एक हो।

बुधबार नै अर्को कम्पनी मेसोब्लास्टले २ सय ४० जना संक्रमितमा क्लिनिकल ट्रायल सुरू गर्ने बताएको छ। सामान्यतया कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन गर्न कम्तिमा डेढ‚ दुई वर्ष लाग्छ। तर औषधी उद्योगहरू भन्ने यो अवधीलाई सकेसम्म घटाउने र दीर्घकालीनरुपमा हुने भ्याक्सिनको उत्पादन गर्नमा तल्लीन देखिन्छन्।

Philipp Hoffmann, a scientist at the biopharmaceutical company CureVac, demonstrating research on a coronavirus vaccine in Germany.

नोभाभ्याक्सका अनुसार उनीहरूले ल्याब र जनावरहरूमा सो भ्याक्सिनको परीक्षण गर्दा उनीहरूमा यसले एकदमै शक्तिशाली प्रतिरक्षा प्रणालीको विकास र एन्टिबडीको उत्पादन गरिरहको थियो जो कोरोना भाइरससँग लड्नका लागि सक्षम छ।

यदि यही भ्याक्सिनले राम्रोसँग काम गर्‍यो भने पनि यसको अन्तिम उत्पादन बजारमा आउन अझै वर्षदिन अथवा त्योभन्दा बढी लाग्न सक्ने हुन्छ। नोभाभ्याक्सका अनुसार उनीहरूले ल्याब र जनावरमा परीक्षण गरिसकेपछि अब मानवमा गर्न लागिएको हो।

बायोटेक कम्पनी मोडेर्नाले मार्च १५ मा उत्पादन गरेको भ्याक्सिन अझै क्लिनिकल ट्रायलमा छ। अर्को भ्याक्सिन इन्भोभियो फर्मास्युटिकल्सले पनि पहिलोपटक एक युवा भोलेन्टियरमाथि परीक्षण गरेको छ। 

स्वास्थ्य क्षेत्रको चर्चित जोन्सोन एण्ड जोन्सोले आगामी सेप्टेम्बरसम्ममा क्लिनिकल ट्रायल गर्ने विश्वास व्यक्त गरेको छ। उक्त ट्रायलका लागि अमेरिकी स्वास्थ्य विभाग र ह्युमन सर्भिसेसले करीब ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन्।

Ncell 2
Ncell 2

Xinhua Yan, a scientist in the lab at Moderna in Cambridge, Mass., where the biotech company began a clinical trial last month.

ह्युस्टनस्थित युनिभर्सिटी अफ पिट्सवर्ग र बेलर कलेज अफ मेडिसिनका शोधकर्ताद्वारा विकास गरिएको भ्याक्सिन पनि अब मानिसमा परीक्षण गर्नका लागि त्यहाँको खाद्य तथा औषधि प्रशासनसँग अनुमतिको प्रतिक्षा गरिरहेको छ।

‘हामीले सकेको जति सबै कोशिस गरिरहेका छौं।’ बेलर कलेज अफ मेडिसिनको टेक्सास चिल्ड्रेन अस्पताल फर भ्याक्सिन डेभलपमेन्टका को-डाइरेक्टर डा पिटर होटेजले भने।

कोरोना भाइरसका कारण उत्पन्न हुने रोग कोभिड-१९ विरुद्धको भ्याक्सिन अहिलेसम्म विकसित हुन सकेको छैन। विभिन्न देशका वैज्ञानिक‚ डाक्टर‚ कम्पनीहरू यसको विकासका लागि विभिन्न ट्रायल गरिरहेका छन्। यसैबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवेशमा आएर कोरोना भाइरसका लागि उपयोग्य औषधि भनेर मलेरियाको औषधि सुझाएका थिए‚ जसले केही मात्रामा मात्र भए पनि कोभिड-१९ सँग लड्न सक्छ भनेर भनिएको छ।

सबै कोभिड-१९ का बिरामीहरू एकदमै गम्भीर किसिमका हुँदैनन्। कसैलाई सामान्य लक्षणको अनुभव पनि भएको हुनसक्छ। औषधि विशेषज्ञ तथा वैज्ञानिकहरूले कोरोनाबाट संक्रमित भएर गम्भीर प्रकृतिमा पुगिसकेका व्यक्तिका लागि औषधि निर्माण गर्ने गर्छन्।

यस्तो अवस्था त्यही औषधि (भ्याक्सिन) यदि कोरोनाको सामान्य लक्षण भएका मानिसलाई लगाउनाले उक्त भ्याक्सिनले उनीहरूको शरीरभित्र गएर प्रतिरक्षा प्रणालीलाई ‘ओभर-ड्राइभ’ गर्छ जसले गर्दा संक्रमितको अन्य अङ्गमा यसले असर देखाउन थाल्छ। जसले फोक्सोमा झन् असर पनि गर्न सक्छ।

यसलाई मध्यनजर गर्दै अन्य धेरै उपचारका पद्धति पनि अपनाउन आवश्यक ठानेर तिनमा पनि परीक्षण भइरहेको छ।

मेसोब्लास्टका चिफ एक्जेक्युटिभ डा सिल्भ्यु इटेस्कुका अनुसार उनीहरूले केही समयअघि विकास गरेको औषधिको बच्चाहरूमा राम्रो प्रभाव परेको थियो।

जुन औषधिले रोग प्रतिरक्षात्मक शक्ति अभिवृद्धि गराउँछ। उनीहरूद्वारा विकसित उक्त औषधी अहिले खाद्य तथा औषधी विभागले अवलोकन गरिरहेको छ।
अमेरिकाको न्युयोर्कस्थित माउन्ट सिनाइ अस्पतालका ९ कोरोना संक्रमितलाई मेसोब्लास्टको आपतकालीन कक्षमा राखेर उपचार गरिएको थियो।

जसमा ६ जनालाई भेन्टिलेटरबाट सामान्य वार्डमा सारिएको छ भने बाँकी संक्रमितको अवस्था स्थिर रहेकाले उनीहरूलाई आपतकालीन कक्षमै राखिएको डाक्टरहरूले बताए। मेसोब्लास्टद्वारा विकसित उक्त एन्टिभाइरल भ्याक्सिन आशाजनक रहेको डाक्टरहरू बताउँछन्।

A vial of potential coronavirus at Novavax, a biotech company based in Maryland, where efforts are underway to develop a vaccine to fight the virus.

एक बायोटेक कम्पनी फिजरले बिहीबार उनीहरू पनि छिट्टै एक एन्टिभाइरलको भ्याक्सिनको परीक्षण गर्न गइरहेका छन्। करीब १८ लाखको हाराहारीमा मानिसहरू कोरोना संक्रमित भएका छन्। दीर्घकालीन रुपमा भ्याक्सिन पत्ता लाग्न अझै कम्तिमा पनि केही वर्ष लाग्ने विशेषज्ञहरू बताउँछन्।

‘यदि कोरोनाविरुद्धको भ्याक्सिन पत्तामात्र लाग्यो भने पनि हामी खुलेयामरुपमा बाहिर हिँडडुल गर्न सक्छौं।’  नोभाभ्याक्सका रिसर्च एण्ड डेभलपमेन्टका प्रमुख ग्रेगोरी ग्लेन भन्छन्।

विभिन्न कम्पनीहरूले जनावरहरूमा विभिन्न परीक्षण गरिरहेका छन्। यदि परीक्षण गरिएका औषधिहरूले कोरोना निको पार्न सफल भए भने पनि धेरै जनामा गरिएको ट्रायलपछि मात्र बजारमा आउँछ। यसो हुँदा स्वभावतः धेरै समय लाग्ने नै भयो।

‘भाइरस अहिले भीडभाड भएको सहरी इलाकातिर पसेको छ। जहाँबाट सजिलै एकबाट अर्कोमा फैलन सहज हुन्छ‚’ डाक्टर होटेजले भने‚ ‘यस्तो ठाउँमा कसरी सामाजिक दूरी कायम गर्ने? यो त असम्भवप्रायः कुरा हो।’

‘हामीले कसरी देशव्यापी रुपमा यसलाई २-३ वर्षसम्मका लागि लैजाने भन्ने विषयमा रोडम्याप बनाइरहेका छौं‚’ उनले भने‚ ‘यस्तैखाले महामारी सन् १९१८ मा पनि आएको थियो। हामीले बनाउने रोडम्याप त्यहीबेलामा हामीले देखेकोजस्तो हुनेछ। सो बेलामा पनि कोभिड-१९ जस्तै संक्रमण फैलिएको थियो।’
न्युयोर्क टाइम्सबाट

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
राप्रपाले सदन बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने सोमबार, असार २, २०८२
भोजपुरमा विद्युत् सेवा विस्तार सोमबार, असार २, २०८२
सुनचाँदीको मूल्यमा स्थिर सोमबार, असार २, २०८२
एनसेल ‘सधैं अन करोडपति’ योजनाः १ करोड रुपैयाँ नगद पुरस्कार जित्ने मौका सोमबार, असार २, २०८२
एघारौं चुरे संरक्षण दिवस मनाईंदै सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै सोमबार, असार २, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्