• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल’ले भन्यो-  नागरिक घर न घाटको हुनु सभ्य समाजका लागि लज्जाको विषय
64x64
नेपाल लाइभ शनिबार, वैशाख ६, २०७७  ०६:२८
1140x725

काठमाडौं- पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरि, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले लगायतका १७ जना विज्ञ सम्मिलित ‘कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल’ (कोमविसाप) ले राजमार्गमा पैदलै हिँडिरहेका नागरिकको समाचार र तस्बिरले मर्माहत तुल्याएको बताएको छ।

शुक्रबार कोमविसापको छलफलपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘सुरक्षित यातायात साधनको अभावमा बृद्ध, महिला, स–साना बालबालिकाहरु समेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन्। आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो।‘

उसले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिल गरेको छ।

त्यस्तै, लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोबासको व्यवस्था गर्न, तथा गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गर्न माग गरिएको छ। 

प्रेस विज्ञप्तिको पूर्ण पाठः

कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहल, नेपाल
कोमविसाप

मितिः ५ बैशाख २०७७
प्रेस विज्ञप्ती

श्रमिकलाई जीवनयापन र घर फर्कने आवश्यक प्रबन्ध तत्काल गरौं ।

Ncell 2
Ncell 2

पसिना बगाउन र देश बनाउन शहर पसेका पौरखीहरु अहिले गास र वास नपाएर खालि खुट्टा राजमार्गमा पैदल हिँड्नुपरेको समाचार र तस्विरहरुले हामीलाई मर्माहत बनाएको छ । सुरक्षित यातायात साधनको अभावमा बृद्ध, महिला, स–साना बालबालिकाहरु समेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएका छन् । आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो। त्यसैले मजदुरहरुलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न संघीय, प्रदेश एवं स्थानीय सरकारलाई अपिल गर्दछौं ।

१) लकडाउन अवधिभर कार्यस्थलमै रहन चाहने श्रमिक र तिनका परिवारका निमित्त संघीय र प्रदेश सरकार तथा स्थानीय तहको संयोजनमा भोजन र बसोबासको व्यवस्था होस् ।

२) गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गरोस् ।

३) उद्योग तथा व्यवसाय र साना–ठूला परियोजनामा काम गर्ने मजदूर गाउँ फर्कनुपर्ने अवस्था आएमा सम्बन्धित परियोजना वा ठेकेदारको समन्वयमा राज्यले घरसम्म पुर्‍याउने प्रबन्ध मिलाओस् ।

४) यातायातको प्रबन्धका लागि ठूला निजी विद्यालय, सरकारी कार्यालय लगायतका ठूला बसहरुको प्रयोग गर्ने र यस्तो व्यवस्था गर्दा न्युनतम भौतिक दूरी लगायत सावधानी अपनाउन व्यवहारिक निर्देशिका जारी होस् ।

५) गाउँ फर्किसकेपछि क्वारेन्टिन वा निगरानीमा बस्नुपर्ने भएमा त्यस्तो व्यवस्था वडा वडामा होस् । यस्तो व्यवस्था मिलाउँदा स्वास्थ्य प्रोटोकललाई समेत ध्यानमा राखेर कार्यान्वय होस् ।

६) गाउँमा बाँझो रहेका खेत बारिलाई फेरि ब्युँताउने अवसरका रुपमा प्रयोग गर्न खेतिपातिलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा व्यवहारिक कार्यक्रम लागू होस् ।

७) आफ्नो घर खेत नभएका र खान बस्न अप्ठेरो भएका अति–विपन्नको लागि स्थानीय सरकारले समुदायसँगको सहकार्यमा व्यवस्था मिलाउने गरी सरकारले आवश्यक वित्तीय कार्यक्रम घोषणा गरोस् ।

८) भारतमा कार्यरत लाखौं मजदूर नेपाल फर्कन चाहेको, नेपाल फर्कन लामो दूरी पैदल हिँडेको र सीमा नाकामा उनीहरुलाई नेपाल छिर्न नदिइएकोले उनीहरु लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् । जसरी पनि देशभित्र छिरी आफ्नो गाउँ जान चाहने नेपाली मजदूर र किसानको लागि ‘सेफ प्यासेज’ निर्माण गरी गाउँ जान दिनु नै उचित हुन्छ । त्यसो गर्दा संक्रमणबाट जोगिने सावधानीहरु अपनाउन अति जरुरी हुन्छ । उनीहरु बाटामै बिरामी भए वा घर पुगेपछि सम्बन्धित पालिकामै क्वारेन्टिनको व्यवस्था गरी यात्रा कार्डको व्यवस्था होस् ।

९) देशैभरिका स्थानीय रेडियोमार्फत गाउँ तहसम्म पुग्ने गरी सही र आधिकारिक सूचनाहरु जारी गर्नेतर्फ कदम चालियोस् ।

कोरोना महाव्याधि विरुद्ध सार्वजनिक पहलको तर्फबाट

क्र.सं. नाम
१ डा. बाबुराम भट्टराई
सांसद, पूर्व प्रधानमन्त्री
२ प्रदीप गिरी
राजनीतिज्ञ, सांसद
३ कृष्ण आचार्य
उद्यमी व्यवसायी
४ डा. कल्याणराज शर्मा
अर्थशास्त्र, व्यवस्थापन
५ डा. दोभान राई
सूचना प्रविधि विज्ञ
६ प्रदीप परियार
सामाजिक अभियन्ता
७ ब्रबिम कुमार
सामाजिक अभियन्ता
८ मनोज पौडेल, अर्थविद्
९ डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक
१० लुना रन्जित
अधिकारकर्मी
११ डा. लोचन कार्की
चिकित्सक, अध्यक्ष, एनएमए
१२ डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ
१३ विश्वदीप पाण्डे
सञ्चार क्षेत्र
१४ डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ
१५ डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद
१६ सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी
१७ डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

यो पनि पढ्नुहोस्

‘कोरोना महामारीमा मात्रै ध्यान दिँदा अन्य व्याधीले रोगी नमरुन्’शुक्रबार, चैत २८, २०७६

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०६:२८
  • #coronaupdate
  • #कोमविसाप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्