• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार २, २०८२ Mon, Jun 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
अमेरिकाको नर्सिङ होममा वृद्धवृद्धाको शवको थुप्रो
64x64
नेपाल लाइभ शनिबार, वैशाख १३, २०७७  ०५:३०
1140x725

न्यूयोर्क-कोरोना भाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ। तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित बनाएको छ। अर्थात् करीब दुई महिना अवधिमा नर्सिङ होममा रहेका ११ हजारभन्दा बढी वृद्धवृद्धाको कोरोना भाइरसकै कारण ज्यान गएको छ। 

अमेरिकाभर फैलिएका यी नर्सिङ होममा आश्रित वृद्धवृद्धाको अझै पनि कोरोना भाइरसको पर्याप्त परीक्षण गर्न नसकिएको खबरले सबैलाई सोचमग्न बनाएको छ। अझ न त संघीय सरकार, न न्यूयोर्कजस्ता बढी मृत्यु भएका राज्यले नै नर्सिङ होममा रहेका व्यक्ति र त्यहाँ कार्यरत कर्मचारीको अनिवार्य स्वास्थ्य परीक्षण गर्नेतर्फ ध्यान दिएका छन्।

अमेरिकामा अहिले वृद्धवृद्धा र अशक्तलाई राख्न झण्डै १५ हजार नर्सिङ केयर होम सञ्चालनमा छन्। यीमध्ये करीब एक तिहाईमा मात्र परीक्षणको व्यवस्था गर्न सकिएको छ। परीक्षणपछि मात्र भाइरसको प्रसार रोक्न र बिरामी व्यक्तिलाई अलग्याउन सकिन्छ।  

‘यसको अर्थ के भने केयर होममा रहेका सबै व्यक्तिको परीक्षण नगर्ने हो भने हामीले यस्ता कथाहरु अरु धेरै पढ्न पाउनेछौं,’ फेमिलिज फर बेटर केयरका लागि वकालत समूहका ब्रायन लीले बताइन्। ‘एक पटक यो रोग भित्रियो भने तत्कालै यसलाई रोक्न सकिँदैन। परीक्षण गर्नुपर्ने कुरा थाहा हुँदा–नहुँदै धेरै मानिसमा संक्रमण फैलिइसकेको हुन्छ। त्यसपछि त शवको थुप्रो लाग्ने न हो।’

यस्तै घटना अमेरिकाका सबैभन्दा ठूला नर्सिङ केयर होममा देखिइसकेको छ। गत हप्ता ब्रुकलिनमा रहेको एउटै नर्सिङ होममा आश्रित ५५ जनाको ज्यान गयो। त्यसपछि नर्सिङ होमका प्रमुखले वृद्धवृद्धामा सामान्य लक्षणमात्र देखिएको तर कुनै पनि व्यक्ति वा कर्मचारीको कोरोना परीक्षण नगरिएको स्वीकार गरेका थिए। 

Nursing Homes With Fewer Workers Tend To Fall Down On Infection ...

भर्जिनियाको रिचमन्डस्थित एक नर्सिङ होममा हालसम्म ४९ जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ। नर्सिङ होमका स्वास्थ्य निर्देशकले परीक्षण सामग्रीको अभावका कारण सबै व्यक्तिको परीक्षण गर्न झण्डै दुई हप्ता ढिला भएको स्वीकारेका छन्। परीक्षण गर्दासम्म कोरोनाको फैलावट नियन्त्रण बाहिर पुगिसकेको थियो। पछि, परीक्षण गर्दा कूल ९२ जनामा कोरोना पोजेटिभ देखियो। 

अमेरिकन हेल्थ केयर एसोसिएशनका प्रमुख कार्यकारी मार्क पार्किन्सन केयर होममा रहेका वृद्धवृद्धा र कर्मचारीको ज्यादै थोरै प्रतिशतको मात्र परीक्षण भइरहेको बताउँछन्। उनको भनाइमा संघीय र राज्य सरकारले सुरुमा नर्सिङ होमलाई खासै प्राथमिकतामा राखेका थिएनन्।  

Ncell 2
Ncell 2

‘यस्तो लाग्छ, हामीलाई पूरै बेवास्ता गरिएको थियो,’ पार्किन्सनले भने। ‘पक्कै पनि अहिले अस्पतालभन्दा पनि वास्तविक लडाईं नर्सिङ होमहरुमा हुनुपर्छ। यहाँ पहिलो प्राथमिकता दिइनु पर्छ।’ 

संयुक्तराज्य अमेरिकाका झण्डै दुई तिहाई नर्सिङ होममा अझै पनि ‘परीक्षण किटहरूमा सहज पहुँच’ छैन। झण्डै ५० हजार वरिष्ठ स्वास्थ्यकर्मी सदस्य रहेको दिगो स्वास्थ्य सेवा नामको समाजसेवी संस्थाका कार्यकारी निर्देशक क्रिस ल्याक्स्टनको विचारमा नर्सिङ होमहरुले अझै पनि पर्याप्त स्रोतसाधन प्राप्त गर्न सङ्घर्ष गर्नु परिरहेको छ। 

‘स्थानीय अस्पतालहरू र स्वास्थ्य विभागहरूसँग राम्रो सम्बन्ध विकास गरेका नर्सिङ होममात्र अहिले भाग्यमानी देखिएका छन्‚’ ल्याक्स्टनले भने। 

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले हाल अपनाइएका उपायहरू जस्तैः शरीरको तापक्रम जाँच गर्ने कार्य पर्याप्त नरहेको तर्क गरिरहेका छन्। स्वास्थ्यकर्मीको शरीरको तापक्रम नबढेको हुनसक्छ, र उनीहरु नर्सिङ होममा निर्वाध आवतजावत गरिरहेका हुन्छन्। तर नर्सिङ होम भ्रमण गर्ने सबैको कडा र बारम्बार परीक्षणले मात्र समाधान दिन्छ। ह्वाइट हाउसकी भाइरससम्बन्धी सल्लाहकार डेबोरा बक्र्सको विचारमा यी अदृश्य क्यारिअर पत्ता लगाएर तिनीहरुलाई अलग्याउन सकिए मात्र भाइरसको प्रसार रोक्न सकिन्छ। 

अमेरिकामा हाल दैनिक १ लाख ५० हजार व्यक्तिको परीक्षण भइरहेको छ। सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुको भनाइमा यसलाई अझ बढाउनु पर्छ। हार्वर्ड ग्लोबल हेल्थ इन्स्टिच्युटका निर्देशक डा आशिष झा भन्छन्, ‘भाइरसको प्रसार रोक्न हामीले दिनहुँ दशौं लाख परीक्षण गर्नु आवश्यक छ।’

संघीय स्वास्थ्य तथा मानव सेवा विभागले एसोसिएटेड प्रेससँगको जिज्ञासामा ‘अहिले धेरै परीक्षण भइरहेको र आफूहरुसँग पर्याप्त क्षमता रहेको‚’ बताएको छ। 

अमेरिकामै वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले मात्र राज्यका सबै नर्सिङ होमहरूमा बिनाशर्त परीक्षण गर्न आदेश दिएका छन्। डेट्रोइट नगरका मेयर माइक डग्गनले शहरका सबै २६ वटा नर्सिङ होममा परीक्षणको आदेश दिएका छन्। यो परीक्षणमा प्रयोग हुने नयाँ किट्सले १५ मिनेटमै नतिजा दिन्छ। म्यासाचुसेट्सले यसै साता नर्सिङ होमहरूमा पठाइएका परीक्षण किटहरू एकाएक रोक्नु परेको थियो। खासगरी यी किटमध्ये करीब ४ हजार काम लाग्ने किट थिएनन्। 

न्यू हेम्पशायर, कोलोराडो, फ्लोरिडा, मेरिल्याण्ड, टेनेसी र विस्कन्सिनलगायत धेरै राज्यहरूले राष्ट्रिय गार्डलाई कोरोना परीक्षणका लागि फिल्डमा खटाएका छन्। 

संघीय सरकारले यसै हप्ता कोरोना संक्रमणको अवस्था ट्र्याक गर्ने र नर्सिङ होमको अवस्था समेतलाई समेटेर विवरण सार्वजनिक गर्ने जानकारी गराएको छ। यसैबीच, एपीले राज्यका स्वास्थ्य विभागहरू र मिडिया रिपोर्टका आधारमा संकलन गरेको विवरणअनुसार अमेरिकाभरी नर्सिङ होम र दीर्घरोगीका उपचार केन्द्रहरुमा कोरोना भाइरसको संक्रमणबाट ११ हजार २६० जनाको मृत्यु भएको छ। यीमध्ये करीब एक तिहाई न्यूयोर्कका रहेका छन्। 

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले नर्सिङ होमहरुमा भएको संक्रमणलाई ‘सुख्खा घाँसमा लागेको आगो’ को संज्ञा दिएका छन्। उनले नर्सिङ होममा बस्ने र काम गर्ने सबैले २० मिनेटभित्रै नतिजा दिने तीव्र परीक्षण गर्न आग्रह गरेका छन्। उनले भने‚ ‘यो परीक्षण दिनहुँ लाखौंको संख्यामा गर्नुपर्ने हुन्छ।’

कोरोनाबाट ४५ जनाको मृत्यु भइसकेको ब्रोङ्क्सस्थित नर्सिङ होमका मेडिकल निर्देशक डा रोय गोल्डबर्गले अझै पनि सबैको परीक्षण गर्न सम्भव नभएको बताएका छन्। उनले ज्वरो वा खोकी देखा परेकाहरूको मात्र परीक्षण गर्ने गरिएको जानकारी दिए। 

यस दुर्घटनाहरूको बीचमा आशावादी घटनाहरू पनि देखा परेका छन्‚ जसमा प्रारम्भिक र आक्रामक परीक्षणले ठूलो फरक पारेको छ।

विस्कन्सिनको शेबोयगन नर्सिङ होममा दुई जनाको मृत्यु भएपछि स्थानीय अन्य बासिन्दा तथा कर्मचारीहरू बिरामी पर्न थाले। नर्सिङ होमका प्रशासक कोलिन्डा नाप्पाले फोन गरी राज्यका अधिकारीहरूसँग भनेका थिए, ‘के भइरहेको छ भनेर मलाई थाहा भयो।’

लगत्तै नेसनल गार्डको एउटा ६५ सदस्यीय परीक्षण टोली आइपुग्यो। उनीहरुले टाउकोदेखि पैतालासम्मको सुरक्षा कवच लगाएका थिए। उनीहरुले नर्सिङ होममा रहेका १०० जना र १५० जना कर्मचारीको तुरुन्तै परीक्षण गरे। समग्रमा, १९ जनामा पोजेटिभ देखियो। उनीहरु सबैलाई अहिले त्यही केयर होममा वा घरमा क्वारेन्टिनमा राखिएको छ। अहिले थप व्यक्तिको मृत्यु भएको छैन। 

करीब ४३ जना वृद्धवृद्धाको मृत्यु भएको सियाटल क्षेत्रको एउटा नर्सिङ होममा स्वास्थ्य अधिकारीहरुले सामान्य सङ्केत देखिएका सबैको परीक्षण गरेका छन्। 

राज्यमा कोरोना भाइरसका ‘हटस्पट’ समाप्त गर्ने भन्दै अरु १९ वटा त्यस्तै नर्सिङ होममा योजनाबद्ध रुपमा परीक्षणहरु केन्द्रित गरिएको छ। 

गत हप्ता, वासिङ्टन विश्वविद्यालयका डा थुआन ओङको नेतृत्वमा चिकित्सा टोलीहरुले नर्सिङ होमका कोठा कोठामा गएर सबैको स्वाब सङ्कलन गरेका थिए। उनीहरुले परीक्षण गरेका सबै ११५ जनामा कोरोनाको संक्रमण देखिएन। यो कार्यले सबैमा खुशीको सीमा थिएन। 

‘रोग फैलिनुअघि यसलाई थाहा पाउनुको महत्व सबैभन्दा बढी छ,’ डा ओङले भने।

बर्नार्ड कोन्डोन, म्याट सेडेन्स्की र जिम मस्टियन (एसोसिएटेड प्रेस)

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ०५:३०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय आइतबार, असार १, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य आइतबार, असार १, २०८२
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी आइतबार, असार १, २०८२
जेरुसेलम लक्षित इरानी आक्रमण, १३ इजरायलीको मृत्यु आइतबार, असार १, २०८२
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधिसभा बैठक स्थगित आइतबार, असार १, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्