• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
रोल्पाको क्वारेन्टाइन : बोराको ओछ्यान, बासी भातको खाजा कोरोना कहरमा महिला तथा बालबालिका
64x64
महेश न्यौपाने बिहीबार, वैशाख २५, २०७७  ०८:०१
1140x725

रोल्पा–रोल्पा त्रिवेणी गाउँपालिकाले नव नेपाल क्याम्पसमा व्यवस्थापन गरेको क्वारेन्टाईनमा बस्छिन आशा विक। काठमाडौंको मनकामना इँटाभट्टामा काम गर्ने उनी कोरोनाका कारण काम बन्द भएपछि  ८ दिनअघि रोल्पा फर्किएकी हुन्। उनीसँगै डेढ महिने बच्चा छ। बच्चा इँटाभट्टामा काम गर्दागदै जन्मिएको हो। 

आशासँगै बस्छिन् सिर्जना विक। उनको बच्चा ९ महिनाको भयो। काठमाडौंको इँटाभट्टामा सँगै काम गर्ने आशा र सिर्जना जिल्ला फर्किएपछि क्वारेन्टाइन बसाइ पनि सँगै छ। त्रिवेणी गाउँपालिका ५ घर भएका  उनीहरु सानैदेखिका दौतरी हुन्। उनीहरुको दौतरी कोरोना कहरमा समेत छुटेको  छैन। ‘सानैदेखिका मिल्ने साथी हौ, काम  पनि सँगै गर्छौं, अहिलेको  बसाइ पनि सँगै छ,’ आशाले भनिन्।

साथै बस्न  पाएर मख्ख आशा र सिर्जनाको क्वारेन्टाईन बसाइ र खान्की भने सुखद छैन। गाँउपालिकाले व्यवस्थापन गरेको दालभात  नै उनीहरुको साँझ–बिहानको खान्की हो। नवजात शिशुका आमा उनीहरुका लागि पोषणको महसुस कसैले गरेको छैन। खान्कीमात्र  हैन, बेलुकाको सुताई पनि सहज छैन। म्याट र जुटको बोरा विछ्याएर सुत्छन् उनीहरु।

आशा र सिर्जनाजस्ता नवजात शिशुका साथ क्वारेन्टाईनमा बस्ने महिलाको संख्या रोल्पामा ठूलो छ। अधिकांश इँटाभट्टाबाट फर्किएका छन्। गर्भवती, सुत्केरी र २ वर्ष मुनिका बालबालिकाको क्वारेन्टाईन बसाई र खान्की सामान्य मानिसको भन्दा फरक छैन। ‘म्याट र जुटको बोराको ओछ्यानमा बच्चासँग सुत्छु’, आशा विकले भनिन्, ‘साँझ–बिहान दालभात तरकारी खान्छौं। बिहान बचेको बासीभात दिउँसो नास्ताका रुपमा खान्छौं, त्योबाहेकको  थप नास्ता हुँदैन।’ 

त्रिवेणी गाउँपालिकामा मात्रै एक हजार ३५० जना क्वारेन्टाईनमा रहेको गाउँपालिका  अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।  त्यसरी बस्नेमध्ये ठूलो संख्यामा  बालबालिकासहितका महिला रहेको वलीले बताए। 

बालबालिकाको क्षेत्रमा  काम गर्ने संस्था मानव अधिकार सचेतन  केन्द्र रोल्पाले उपलव्ध गराएको विवरण अनुसार त्रिवेणी गाउँपालिकामा मात्रै २ वर्ष मुनिका ४५ र ५ वर्ष मुनिका थप ६० बालबालिका आमाको संरक्षणमा क्वारेन्टाईन बसेका छन्। 

‘शून्यदेखि १८ वर्ष मुनिका ३५० बालबालिका क्वारेन्टाईन बसेका पायौं,’ मानव  अधिकार सचेतन केन्द्र रोल्पाका धरेन्द्र डाँगीले भने। क्वारेन्टाईनमा सुत्केरी तथा गर्भवती महिलाको पनि संख्या उल्लेख्य रहेको उनले बताए। 

‘होम क्वारेन्टाईन बस्ने गरि त्यस्ता महिला तथा बालबालिकाहरुलाई घरमै जान  भनिए पनि उनीहरु स्वयं  र समाजले नमान्दा क्वारेन्टाईन बसेका हुन्,’ त्रिवेणी  गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण केसीले भने। बालबालिका र सुत्केरी एवं गर्भवती महिलाको सन्दर्भमा गाउँपालिका सुरुदेखि नै संवेदनशील रहेको उनको भनाइ छ। 

महिला तथा बालबालिकाको क्वारेन्टाईन बसाइ सहज बनाउन सेभ द चिल्ड्रेनसँग समन्वय गरेर केही सामग्री वितरण गरेको गाउँपालिका  अध्यक्ष वलीले बताए। वितरित सामग्रीहरुमा २ वर्षसम्मका लागि बेबी किट ४५ थान, ५ वर्षसम्मका लागि बेबी किट ६० थान, महिलाहरुा लागि डिग्निटी किट ४५ थान, हाइजीन किट ६९ थान, ब्लांकेट ५० थान लगायतका सामग्रीहरु रहेको गाउँपालिकाले जनाएको छ ।

यसपटक महिला तथा बालबालिकाको सुरक्षाका सामग्री उपलव्ध गराएको सेभ द चिल्ड्रेनका प्रकाश भट्टले बताए। ‘बालबालिकाको पोषणका लागि पनि समुदायबाट माग आएकाले यसतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ भट्टले भने।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्यांक अनुसार सरकारले लकडाउन घोषणा गरेपश्चात देशभित्रका विभिन्न जिल्ला तथा देशबाहिरवाट आएकासमेत गरि झण्डै सात हजार ५  सय रोल्पाली १४ दिन क्वारेन्टाईन बसे। यीमध्ये ३ हजारभन्दा बढी महिला थिए। अधिकांश महिलाहरु आफ्ना साना नानीका साथ क्वारेन्टाइन बसे भने भने दर्जनौं गर्भवती महिलाले  पनि १४  दिने क्वारेन्टाईन बसाइको नियम पालन गरे।

जिल्लाका अधिकांश क्वारेन्टाईनमा बसेका महिला तथा बालबालिकाको अवस्था मानव  अधिकारका दृष्टिबाट सहज नभएको मानव अधिकारकर्मी घनश्याम आचार्यले बताए। ‘गर्भवती तथा सुत्केरी महिला र बालबालिकाका लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ तर कोरोनाका कारण लामो समयसम्म उनीहरुले त्यस्तो खाना पाएका छैनन्,’ आचार्यले भने।

इँटाभट्टामा जोखिमपूर्ण शारीरिक श्रम गर्ने उनीहरुको खाना र  बसाइले धेरै बालबालिका कुपोषित हुने सम्भावना रहेको आचार्यको भनाइ छ। इँटाभट्टामा काम गरेको पैसा  समेत मालिकले नदिएपछि उनीहरु वेखर्ची घर फर्किएकाले कैयौं दिन भोकै रहेको भन्ने जानकारी आएको आचार्यले बताए। 

त्रिवेणी गाउँपालिकाजस्तै जिल्लाका सबै स्थानीय तहहरुले क्वारेन्टाईनमा बसेका सुत्केरी तथा गर्भवती महिला र बालबालिकाको खाने र बस्ने कुरामा विशेष चासो दिनु पर्ने आचार्यको सुझाव छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:०१
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्