• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
हेलिकोप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरी कालापानी जाँदै
64x64
नारायण अधिकारी सोमबार, वैशाख २९, २०७७  ०८:१८
1140x725
बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिने कालापानी क्षेत्रको गागा।

काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल मुख्यालयले आफ्नो जनशक्ति खटाउने तयारी गरेको छ। 

विकट कालापानी क्षेत्रमा हेलिकोप्टरमार्फत् बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली खटाउने तयारी गरेको सशस्त्र प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘कालापानी क्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) राख्ने तयारी पहिलेदेखि नै थियो। तर अहिले सीमा विवाद देखिएपछि तत्कालै फौज पठाउन लागिएको हो। यसको गृहकार्य भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो।

सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले पनि कालापानी क्षेत्रमा पर्ने व्यास गाउँपालिकाको छाङ्गरुमा सशस्त्रको टोली पठाउन तयारी अवस्थामा रहनु भन्दै निर्देशन आएको जानकारी दिए। 

‘हामीलाई मौखिक निर्देशन आइसकेको छ। एक दुई दिनमै जाने हिसाबले तयारी गर्नु भन्ने आदेश आएको छ। लिखित निर्देशन आएपछि यहाँबाट टोली जान्छ,’ डिएसपी विष्टले नेपाल लाइभसँग भने।

अहिले घर भाडामा लिएर राख्न लागिएको ठाउँ छाङ्गरु। तस्बिर गत चैतको पहिलाे साता निरीक्षण गर्दाकाे हो।

स्रोतका अनुसार आउँदो बुधबार छाङ्गरुमा सशस्त्र प्रहरी पठाउने तयारी छ। निर्देशनअनुसार नै फौज पठाउने तयारी गरिएको उनले जानकारी दिए। प्रहरी निरीक्षकको कमान्डमा २५ जनाको फौज छाङ्गरुमा पठाउने तयारी गरिएको छ। यसका लागि ६ महिनासम्म पुग्ने राशनको समेत व्यवस्था ५० नम्बर गुल्म दार्चुलाले गरिसकेको जनाएको छ।

छाङ्गरु जाने बाटोको सुविधा छैन। त्यसका लागि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत् जाने तयारी अघि बढाएको छ। हेलिकोप्टरमार्फत् नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान, ६ महिनासम्मका लागि राशन, साधारण मेडिकल सामग्रीहरुका साथ सशस्त्रको टोली पठाउन लागिएको हो। 

छाङ्गरुभन्दा माथि गागामा बिओपी राख्ने निर्णय भने गत मंसिरमै भएको थियो। पहिले नै राख्ने तयारी भइरहे पनि लकडाउनका कारण समस्या भएको थियो। तर भारतले केही दिनअघि मात्रै कालापानी, लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि तत्कालै छाङ्गरुमा अस्थायी बिओपी राख्न लागिएको हो। 

छाङ्गरुमा बिओपी राख्नका लागि चाहिने सम्पूर्ण तयारी पनि पूरा गरिसकिएको सशस्त्र प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]बिहीबार, कात्तिक २८, २०७६

छाङ्गरुमा बिओपी राख्न स्थानीयले जमीनसमेत उपलब्ध गराइसकेका छन्। छाङ्गरुमा बिओपी राख्ने तयारी भएपछि गत चैतको पहिलो साता ५० नम्बर गुल्म दार्चुलाबाट निरीक्षणसमेत गरिसकेको डिएसपी विष्टले जानकारी दिए। ‘हामीले चैतको पहिलो साता नै छाङ्गरुमा बिओपी राख्नेबारे निरीक्षणसमेत गरेका थियौं। ठाउँ एकदमै विकट छ। यातायातको सुविधा छैन । हिँडेरसमेत जान सक्ने अवस्था छैन,’ डिएसपी विष्टले भने।

अहिले नै भवन निमार्ण गरेर बिओपी राख्न सम्भव नभएपछि घर भाडामा लिएर बिओपी राख्न लागिएको हो। जाडोमा भने हिमपातका कारण समस्या हुने यस क्षेत्रमा अहिले भने फौज बस्न सक्ने अवस्था रहेको छ। 

तर फौज राख्न चुनौती भने रहेको सुरक्षा अधिकारीको चिन्ता गरेका छन्। ‘छाङ्गरु जानका लागि नेपालतर्फबाट बाटो छैन । ठाउँ-ठाउँमा भत्किएको, सुख्खा पहिरो गएको छ। हिँडेर जान सकिने अवस्था छैन। भारतबाट जाँदा पनि उस्तै समस्या छ। अहिले जाँदा हेलिबाट गए पनि केही अप्रिय घटना भइहाले वा सुरक्षाकर्मी बिरामी भइहालेको अवस्थामा रेस्क्यु गर्नसमेत अफ्ठयारो छ । यसलाई राज्य संयन्त्रले बुझ्न आवश्यक छ’ सशस्त्रका एक अधिकारीले भने ।

नेपालको पूर्व, पश्चिम र दक्षिणमा १८ सय ४० किलोमिटर सीमा भारतसँग जोडिएको छ। त्यसमा १२१ बिओपी छन्। औसतमा १५ देखि २० किलोमिटरको फरकमा बिओपी छन्। एउटा बिओपीमा इन्स्पेक्टरको कमान्डमा ३५ जनाको दरबन्दी हुन्छ। तर जनशक्ति अभावका कारण दरबन्दी अनुसार सुरक्षाकर्मी खटाउन नसकेको गुनासो सशस्त्रका अधिकारीहरुले गर्दै आएका छन्।

बिओपीले सीमा नाकामा हुने गतिविधिलाई निगरानी गर्ने, कुनै स्तम्भ हरायो, भत्कियो, ढल्यो भने सम्बन्धित निकायलाई बिओपीले तुरुन्त खबर गर्नुपर्ने हुन्छ। कुनै ठाउँमा सीमाको अतिक्रमण भएको छ भने तुरुन्तै गृह मन्त्रालयमार्फत् नापी विभागसम्मलाई खबर हुन्छ। तर विकट ठाउँमा बिओपी राख्न नसक्दा अहिलको समस्या आएको सशस्त्रका अधिकारीको भनाइ छ।

(तस्बिर सौजन्यः राजेन्द्र साउद, सशस्त्र सहायक हवल्दार, ५० नम्बर गुल्म दार्चुला)

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०८:१८
  • #apf

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाढीविद् : रसुवामा बाढीको कारण पत्ता लगाउन समस्या देखियो विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो। सोमबारदेखि... बुधबार, असार २५, २०८२
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा संशोधन मंगलबार विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त प्रतिवेदनमाथि भएको छलफलमा सांसदहरूले भाग लिएका थिए। बुधबार सांसदहरूले छलफलका क्रममा उठाएक... बुधबार, असार २५, २०८२
विशेष अदालतले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र बुधबार अदालतमा एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरुको मूल्याङ्कन गरि एनएस/आइएसओ ९००१:२०१५ प्राप्त गरेको जनाए... बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
बाढीविद् : रसुवामा बाढीको कारण पत्ता लगाउन समस्या देखियो बुधबार, असार २५, २०८२
संवैधानिक परिषद्सम्बन्धी विधेयकमा संशोधन बुधबार, असार २५, २०८२
विशेष अदालतले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र बुधबार, असार २५, २०८२
काठमाडौं टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश बुधबार, असार २५, २०८२
वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्