• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुस्मिता क्षेत्री हत्याकाण्ड : छोराको मृत्युको क्षतिपूर्ति लिँदा बुहारीको गयो ज्यान
64x64
नारायण अधिकारी सोमबार, असार १५, २०७७  १६:५०
1140x725

काठमाडौं- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित सुस्मिता क्षेत्री थापाको हत्याको कारण आर्थिक पक्ष रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सुस्मिताका श्रीमान् रुपेन्द्र थापाको गत वर्षको असोज २३ गते मोटरसाइकल दुर्घटनामा नवलपरासीको दाउन्नेमा मुत्यु भएको थियो। सो बापतको क्षतिपूर्ति र बिमासहितका रकम श्रीमती सुस्मिताले लिएपछि उनको हत्या भएको पाइएको मकवानपुर प्रहरीले जानकारी गराएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरले हत्याको कारण मध्येको एक पक्ष चाँहि रूपन्द्रको मुत्युपछि आउने क्षतिपूर्ति र बिमासहितको रकमसमेत रहेको जनाए।

क्षतिपूर्तिबापतको ५ लाख रुपैयाँ सुस्मिताले लिएकी थिइन्। तर रुपेन्द्रका बुबाआमासहित आफन्तले भने उक्त पैसा आफूहरूसमेत पाउनुपर्ने भन्दै विवाद गरेका थिए।

त्यस्तै रुपेन्द्रले काम गर्ने क्लोज सिस्टम इन्टरनेसनल नेपाल प्रालि (सिएसआई) हेटौंडाबाट मृत्युपश्चात् पाउने बीमा, बोनस, तलबभत्ताबापत एकमुष्ठ ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा श्रीमती सुस्मिता र ससुरा प्रकाश, सासू तुलसाबीच विवाद भएको थियो। सोही रकमका विषयमा विवाद हुँदा उक्त रकम अहिलेसम्म पनि भुक्तानी भएको छैन। जसकारण रुपेन्द्रको परिवार मिलेर हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

सामाजिक सुरक्षा कोषबाट २०७६ कात्तिक देखि २०७७ बैसाख महिनासम्मको १७ हजार १ सयको दरले १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ सुस्मिताको ग्लोबल आइएमई बैंकको खातामा पेमेन्ट भएको थियो। यो विषयमा पनि उनीहरुबीच विवाद भएको थियो।

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रुपेन्द्रको १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ इच्छ्याएको व्यक्ति रुपेन्द्रका बाबुले लिइसकेको पाइएको अनुसन्धानले देखाएको छ।

मृतक सुस्मिताले पाउने सबै रकम निकाले घरपरिवारमा पनि दिनुपर्छ भनेर दबाब दिएपछि सोही विषयमा विवाद हुँदा उनको हत्या भएको देखिएको एसपी राठौरले जानकारी दिए।

रुपेन्द्रको ससुरालीबाट घर फर्कने क्रममा दुर्घटनामा मृत्यु भएपछि सुस्मितालाई रुपेन्द्रको परिवारले ससुराली पक्षलाई दोष लगाउने गरेका थिए। बुहारीकै कारण छोराको ज्यान गएको भन्दै मानसिक यातना दिइएको समेत पाइएको प्रहरीले जनाएको छ। 

सुस्मिताको हत्या गर्नुको अर्को कारण भने ससुरा प्रकाश थापाबाट बाथरुममा जबरजस्ती करणी उद्योग गरेको पाइएको प्रहरीले जनाएको छ। उक्त कुराको पोल खुल्ने डरले हत्या भएको पनि हुनसक्ने देखिएको प्रहरीको भनाइ छ।

कसरी भयो हत्या?
असार १ गते राती साढे ९ बजे सुस्मिताका ससुरा प्रकाश थापा र सासु तुलसा थापा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएका थिए। खाना खानुभन्दा अगाडि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए। 

उनीहरु सुत्न जाँदा सुस्मिताकी नन्द सीता थापा र सुस्मिता क्षेत्री थापा भई भान्छा कोठामा खाना खाइरहेका थिए।

सुस्मिता क्षेत्री थापा महिनावारी भएकाले भान्छा कोठाको भुईंमा बसेर खाना खाँदै थिइन्। सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छाकोठामा प्रवेश गरी बुहारीको टाउकोमा प्रहार गरेका थिए। यसपछि सुस्मिता भुईंमा लडेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

त्यही मौकामा सुस्मिताकी नन्द सीता थापाले समेत सुस्मितामाथि प्रहार गरिन्। त्यसपछि सुस्मिताले 'बचाउ बचाउ' भनेकी थिइन्। सासू तुलसा थापाले सुनेर भान्छाकोठामा आउन लाग्दा ससुरा र नन्द सीताले सासू तुलसालाई भान्छाबाट बाहिर निकाल्दै थिए।  त्यसपछि ससुरा र नन्द सीता थापा मिली पटकपटक काठको लौरो र ढुङ्गाको लोहोरोले सुस्मितामाथि प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। 

सुस्मिताको मृत्यपश्चात् सासू तुलसा भित्र गएर फुटेको सिसाको कचौराको टुक्राहरू जम्मा गरी प्लास्टिकको झोलामा हाली बाहिर भान्छाकोठाको अगाडिको बरन्डामा राखिन्। पछि सीता थापाले आफ्नी आमालाई लिएर सुत्ने कोठामा लगी हल्ला नगर्न भनिन्।  

बाबुछोरी मिली घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि सल्लाह गरी भान्छाकोठा भित्र बिग्रिएका सबै चिजवस्तु यथास्थानमा मिलाएर राखेका थिए। भान्छाकोठामै भएको कपडाको चकटीले मृतकको निधारमा भएको घाउ छोपी विभिन्न स्थानमा लागेका रगतहरू पुछेका थिए। 

छोरी सीता थापालाई भान्छाकोठाको ढोकाबाट निकाली ससुरा प्रकाश थापाले भित्रबाट भान्छाकोठाको ढोकाको चुक्कुल लगाए। भान्छाकोठाको पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्की बाहिरबाट उक्त झ्याल पूर्णरूपमा बन्दसमेत गरेको पाइएको मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाले बताए। 

भान्छाकोठाको बरन्डामा राखेको फुटेको सिसाको टुक्राहरू राखेको प्लास्टिकको झोला र काठको लौरो घर पछाडिको मकैबारीमा फाले। त्यसपछि बाबु छोरी दुवै जनाले रगत लागेका कपडाहरू धोई पखाली आ–आफ्नो शरीरमा लागेको रगत समेत पखालेर आ–आफ्नो कोठा गए। 

भोलिपल्ट असार २ गते बिहान ५ बजेको समयमा  समयमा मूलढोकाको च्यानल गेट खोली छर छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएपश्चात् छरछिमेकमार्फत् प्रहरीलाई खबर भएको थियो।  प्रहरीमा खबर आउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट साढे ६ बजे प्रहरी घटनास्थल पुगेको थियो। पछि एसपी राठौरसहितको टोली मेडिको लिगलसहितको टिम लिएर घटनास्थल गएका थिए। 

त्यसपछि ससुरा प्रकाश, सासू तुलसा, नन्द सीता, जेठी नन्द दुर्गा थापा कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका उनीहरुलाई कर्तत्व ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १६:५०
  • #सुस्मिता
  • #सुस्मिता-क्षेत्री-हत्याकाण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह बिहीबार, असार २६, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या बिहीबार, असार २६, २०८२
तस्बिरमा हेर्नु बाढीले ध्वस्त बनाएको टिमुरेदेखि रसुवागढी क्षेत्र बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
स्वास्थ्य बीमा : आठ जटिल रोगका बिरामीले दुई लाख रुपैयाँको उपचार पाउने बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्