• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
अदालतको आदेश कार्यान्वयनमा सरकार उदासीन, क्याबिनेटमा अड्कियो अलपत्र श्रमिक उद्धार कार्यविधि
64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  २१:१७
1140x725

काठमाडौं– वैदेशिक रोजगारी पुगेका तर कोभिड-१९ का कारण अलपत्र परेका नेपाली कामदारको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी कार्यविधि २०७७ मन्त्री परिषद्‍मा पुगेर अड्किएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्ताव गरेको सो कार्यविधि सोमबारको मन्त्रिपरिषद् बैठकले पारित नगरेको हो।

उक्त कार्यविधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र अवस्थामा रहेका श्रमिकलाई स्वदेश फर्कने खर्च रोजगारदाताले नव्यहोरिदिए आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरु स्वदेश फर्काउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरिने व्यवस्था गरिएको छ।

एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदार स्वदेश फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको छ। 

वैदेशिक रोजगारीमा गएको एक वर्षभन्दा बढी र करार अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरूलाई स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ। 

यसअघि वैदेशिक रोजगारीमा गएर अलपत्र परेका नागरिकको उद्धारमा कोषको रकम प्रयोग नगर्ने तर मन्त्रीको विदेश भ्रमण र भत्तामा भने कोषको रकम दुरुपयोग हुने गरेको विषयमा नेपाल लाइभले समाचार प्रकाशन गरेको थियो। यसपछि एक रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोषको रकम प्रयोग गरी विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। तर कोषको रकम प्रयोग गरी अलपत्र श्रमिकको उद्धार गर्न श्रम मन्त्रालयले बनाएको कार्यविधि क्याबिनेटले पास नगरी अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गरेको हो।  

यो पनि पढ्नुहोस्

कामदारसँग उठाएको पैसाले मन्त्रीलाई गाडी र भत्ता, श्रमिक उद्धार गर्न डलर असुल्दै सरकारशुक्रबार, जेठ ३०, २०७७

के छ कार्यविधिमा?
करार अवधिमा फौजदारी अभियोग लागी आममाफी पाएका श्रमिकहरुलाई पनि वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत स्वदेश ल्याइने व्यवस्था कार्यविधिमा छ। त्यस्तै श्रम स्वीकृति अवधि नसकिएका, करार अवधि बाँकी छँदै कोभिड-१९ संक्रमणका कारण रोजगारी गुमाई नेपाल फर्कनुपर्ने कामदार, रोजगारीको प्रकृति तथा कामदारको विदेशको आर्जन समेतका कारण रोजगारी गुमाई नेपाल फर्कन पर्ने कामदार, सम्बन्धित मुलुक तथा रोजगारदाताबाट फिर्ता टिकट र फिर्ता खर्च नपाएका कामदारलाई कोषको रकम प्रयोग गरेर स्वदेश फर्काइने उल्लेख गरिएको छ। 

यो पनि पढ्नुहोस्

विदेशमा अप्ठेरो परेका श्रमिकलाई कोषको रकम खर्च गरी उद्धार गर्न सर्वोच्चको आदेशमंगलबार, असार २, २०७७

कूटनीतिक नियोगहरुले सम्बन्धित मुलुकको  सरकार, रोजगारदाता वा इजाजत पत्र संस्थाबाट कामदारलाई हवाई टिकट उपलब्ध नहुने कुरा र सोको औचित्यपूर्ण  कारण सरकारलाई पेश गर्नुपर्नेछ। त्यस्तै कामदारको सम्बन्धित देशमा आयआर्जनको विवरण खुल्ने करार पत्र, कामदारले रोजगारदाताबाट तलब वा अन्य सेवासुविधा पाएको वा नपाएको सम्बन्धमा कुटनीतिक नियोग वा श्रम सहचारीले उद्धार गर्नुपर्ने अवस्थाका कामदारको संख्यासमेत यकिन गर्नुपर्नेछ। 

अलपत्र श्रमिकको उद्धारमा म्यानपावरले समेत पहल गर्नुपर्ने 
कार्यविधिमा अलपत्र कामदारको इजाजतप्राप्त संस्था (म्यानपावर कम्पनीहरु)ले पनि भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। कामदार उद्धारमा गरिएको पहलसहितको विवरण म्यानपावरले वैदेशिक रोजगार विभागमा पेश गर्नुपर्ने व्यवस्था छ। म्यानपावरले खर्च गर्न सक्ने अवस्था भएमा दूतावासले प्रमाणित गर्नुपर्नेछ। 

कामदारको टिकट शुल्क नतिर्ने विदेशी कम्पनीमा ५ वर्ष कामदार नपठाइने
कामदारलाई स्वदेश फिर्ताका लागि टिकट खर्च नव्यहोर्ने रोजगारदाताको विवरण नेपाली कुटनीतिक नियोगले अभिलेख राख्नेछन्। ती कम्पनीहरुमा ५ वर्षसम्म नेपाली कामदार नपठाउने व्यवस्था गरिएको छ। 

कार्यविधिको खर्च व्यवस्थापनसम्बन्धी प्रक्रियामा बोर्डले आवश्यक खर्च कुटनीतिक नियोगलाई  निकासा गर्ने व्यवस्था गरिएको छ। 

अलपत्र कामदार स्वदेश फर्काउन लाग्ने हवाई टिकटबापतको खर्च र कामदारको विवरणसहित संलग्न गरी सम्बन्धित कुटनीतिक नियोगले रकम निकासाको लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। 

यसअघि सरकारले जारी गरेको नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना २०७७ मा स्वदेश फर्कने सबै नागरिकले हवाई भाडा, कोरोना परीक्षण शुल्क, आन्तरिक यातायात खर्च, होटल क्वारेन्टाइन खर्च (प्रदेशस्तरीय बाहेक) व्यक्ति स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको थियो।

श्रमिकहरूको पसिनाबाट जम्मा भएको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर उनीहरूको उद्धार गरिनुपर्ने आवाजहरू समेत उठेका थिए।

यसै सन्दर्भमा सरकारले वैदेशिक रोजगार ऐन २०६४ विपरीत वैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरूसँग पनि शुल्क असुल्ने गरी कार्ययोजना तयार गरेको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो।  

सोही रिटमाथि सर्वोच्चले असार १ गते सोमबार श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करारको अवधि नपुगी फर्कनुपर्ने अवस्थामा रहेका तथा गन्तव्य मुलुक वा रोजगारदाताबाट टिकट प्राप्त गर्न नसक्ने, अवस्थाका श्रमिकहरूको स्वदेश फिर्तीका लागि कल्याणकोषको रकम खर्च गरिनुपर्ने आदेश जारी गरेको थियो।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  २१:१७
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्