सिन्धुपाल्चाेक- सिन्धुपाल्चाेककाे छुट्टाछुट्टै स्थानमा गएकाे पहिराेमा परी १० जनाकाे मृत्यु भएकाे छ। मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर ८ जना र पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएकाे हाे।
मेलम्चीमा गएकाे पहिरोमा परी मृत्यु हुनेहरुमा ७ जना विरगञ्जका र १ जना भारतीय नागरिक रहेका छन्। विरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षिय प्रदिप चाैरासिया, २५ वर्षिय विक्रम थिंग, २३ वर्षिय मानबहादुर रुम्बा, २० वर्षिय सिमन घलान, २१ वर्षिय शिव बालक धामी, १७ वर्षिय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन्।
अर्का एक जना भारतीय नागरिक बारु शहको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकाेप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौं पठाइएको छ।
यस्तै, पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको छ। बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षत्री बन्जराको घर पुर्दा अन्दाजी वर्ष ४० का यज्ञबहादुर र अन्दाजी वर्ष ४० कै उनकी श्रीमती लक्ष्मी क्षत्री बन्जराको मृत्यु भएको वडा अध्यक्ष पासाङ लामाले जानकारी दिए। गएराति गएको पहिरोले उनीहरुलाई पुरेको थियो। स्थानियले उनीहरुको शव निकालेका छन्।
उनीहरुका दुई छोरी र एक छोरा छन्। छोरा काठमाडौं आएका छन्। एक छोरी विदेशमा छिन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन्। गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएकाे अध्यक्ष लामाले बताए।
तस्बिरमा पहिराे:









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।