काठमाडौं- कोरोना संक्रमणको जोखिम बढेसँगै यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलले सेवासमेत जोरबिजोर अनुसार नै दिने भएको छ। कार्यालयले नवीरकणको कार्य र इम्बोस्ड नम्बर प्लेटको काम जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलको काम हुने जनाएकाे छ।
कार्यालयले आइतबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा बढ्दै गएको कोरोना भाइरस संक्रमणको विद्यमान अवस्था र जोखिमलाई मध्यनजर गर्दै साउन २६ देखि अर्को सूचना जारी नभएसम्मको लागि देहायका सेवाहरुबाहेक अन्य सबै सेवाहरु हाललाई बन्द गरिएको जनाएकाे हाे।

कार्यालयले दुईवटा सेवामात्र दिने भएको छ। जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधनहरुको मात्र कर नवीकरणसम्बन्धी कार्य गर्ने र सोही अनुसार नै इम्बोस्ट नम्बर प्लेटको कार्य गर्ने कार्यालयले जनाएको छ।
लकडाउन खुकुलो भएसँगै असार १ देखि मोटरसाइकल कार्यालयले कर संकलन तथा मोटरसाइकल दर्ताको काम गर्दै आएको थियो। कार्यालयले असार महिनामा ६ हजारभन्दा बढी मोटरसाइकल दर्ता गरेको थियो। साउनमा समेत मोटरसाइकल दर्ता उल्लेख्य भएपनि कोरोना भइरस संक्रमण जोखिम बढेको भन्दै कार्यालयले नवीकरण र इम्बोस्ट नम्बर प्लेटको काम जोरबिजोर नियम अनुसार गर्ने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।