काठमाडौं- टिभिएसका सवारी साधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भीको नयाँ संस्करण सोमबार सार्वजनिक गर्ने भएको छ। सोमबार नयाँ संस्करणको एटिआर २०० फोर भीको सार्वजनिक गर्न लागिएको जगदम्बा मोटर्सले जानकारी दिएको हो।
सोमबार भर्चुअल रुपमा सार्वजनिक हुने यो मोटरसाइकल मुख्य गरि अहिलेको समयका स्मार्ट युवाहरुलाई लक्षित गरेर ल्याइएको जगदम्बा मोटर्सका उपाध्यक्ष दिपककुमार अग्रवालले बताए। ‘रेसिङ डिएनएमा आधारित रहेर निर्माण गरिएको आरटिआर २०० फोर भी अहिलेका आधुनिक युवालाई नै लक्षित गरेको उत्पादन भएको हो,’ उनले भने, ‘टिभिएसको यो उत्कृष्ट उत्पादन युवाहरुको रोजाईमा पक्कै पर्नेछ।’
कम्पनीले सोमबार भर्चुअल रुपमा र मंगलबार देशभर रहेका टिभिएसका १ सय ६ वटा डिलरमार्फत भौतिक रुपमा स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक गर्ने तयारी गरिएको उपाध्यक्ष अग्रवालले बताए। नेपाली बजारमा पहिलोपटक भर्चुअल रुपमा मोटरसाइकल सार्वजनिक हुन लागेको हो।
कम्पनीले नेपालमा यसअघि बिक्री गर्दै आएको २०० फोर भी भन्दा निक्कै परिक्रित रुपमा नयाँ मोडल आएको हो। एबिएस र स्मार्ट कनेक्ट विशेषता मुख्य थप भएको र मोटरसाइकल नै नयाँ भन्दा फरक नपर्ने अग्रवालले बताए।
कम्पनीले ल्याएको नयाँ एबिएस र कनेक्ट विशेषतासहित सोमबार सार्वजनिक हुने आरटिआर २०० फोर भीको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।
विगत लामो समयदेखि टिभिएसका मोटरसाइकल तथा स्कुटर विगतदेखि नै धेरैको रोजाइमा भएको र टिभिएसका मोटरसाइकल तथा स्कुटर लुक्स, स्टाइल, माइलेज र प्रतिस्पर्धी मूल्यका कारण लोकप्रियता बन्दै गइरहेको कम्पनीले जनाएको छ। पछिल्लो समय नेपाली बजारमा भित्रिएका टिभिएसका मोटरसाइकल तथा स्कुटर निक्कै चर्चित छन्। अपाचे आरटिआर सिरिज तथा एनटर्क लोकप्रिय मानिएका छन्।
यस्ता छन् स्मार्ट कनेक्टदेखि अन्य विशेषता
टिभिएस आरटिआर २०० फोर भीका चालकले आफ्नो मोबाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्ने छन्। यसमा एलसिडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि त्यही हेर्न सकिनेछ।
साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्च गति रेकर्ड गर्न सक्ने छन्। चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पिड डिस्प्लेमा देखिने छ।
यसका साथै कम्पनीले यो मोटरसाइकलमा ०–६० रेकर्ड इन्डिकेटर समेत समावेश गरेको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ। त्यसैगरि नयाँ आरटिआर २०० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपिएम अर्लट, एबिएस इन्डिकेटरलगायत विशेषता छन्।
मोटरसाइकलमा ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ। मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपिएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न विशेषता समेत छ। यो विशेषताले नयाँ राइडरलाई आफ्नो राइडिङ क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ।
कम्पनीले यसमा क्र्यास अर्लट विशेषता समेत उपलब्ध गराएको छ। कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त विशेषता मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना आफूले सेट गरेको नम्बरमा जानेछ। यसका साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखाउने व्यवस्था मिलाउन सकिन्छ। यो विशेषत सामुहिक राइडका लागि महत्वपुर्ण हुनेछ। यस्तै यो मोटरसाइकलको ह्यान्डलबारको वायाँतर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर समेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।