• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
 संक्रमित ‘फ्रन्टलाइनर’को अपमान नगर, मानवीय बन
64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  १०:३१
1140x725

सामाजिक सञ्जालमा शनिबार मध्यान्हतिर तस्बिरसहित एउटा लज्जाजनक खबर आयो-काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु ‘आइसोलेन’मा बसेको घरको गेटमा मान्छेहरु जम्मा भए र अलग्गै बसेकाहरुलाई दुत्कारे।

घरबाहिर जम्मा भएको भीडले ‘आइसोलेनमा बसेकाहरुलाई अर्कै ठाउँमा लैजानुपर्ने’ भन्दै नाराबाजी पनि गर्‍यो। हुलहुज्जत गर्‍यो। भौतिक दूरी कायम नगर्नु, कतिपयले मास्कसमेत नलगाउनु र निषेधाज्ञाका बेला समूहमा जम्मा हुनुले दर्शाउँछ कि यो हुलमा भएकाहरु कति सचेत छन्? कति संवेदनशील छन्? 

कोरोनाबाट टोललाई जोगाउने ‘ठेक्का’ लिएको ठान्नेहरु आफ्नै सुरक्षाको उपायमा अन्जान छन्। यस्तै लापरबाहीका कारण कोरोना संक्रमण भएर अस्पताल पुग्नेहरुलाई जोगाउन घरपरिवार त्यागेर डटिरहेका छन् ती स्वास्थ्यसेवीहरु। परिवारको साथ छाडेर एउटा अलग्गै घरमा बस्नु उनीहरुको रहर होइन, बाध्यता हो। कर्तव्यनिष्ठ भएर अरुलाई जोगाउन र आफू जोगिन अलग्गै घरमा बसेका ‘फ्रन्टलाइनर’प्रति गरिएको यो व्यवहार आफैंमा चेतनाशून्य र असामाजिकमात्र थिएन, अमानवीय पनि थियो।

हो, कोभिड–१९ को संक्रमणबाट बँच्न र बचाउन बेलैमा पर्याप्त तयारी होस् र सबैमा संक्रमणबाट बँच्ने सही सूचना पुग्ने वातावरण होस् भन्दै सरोकारवाला निकायलाई झक्झक्याउँदा पनि नेपालमा संक्रमणको पारो दिनप्रतिदिन उकालो लागेको छ। त्यसैले आफू र आफ्नो परिवारलाई जोगाउने पहिलो दायित्व प्रत्येक व्यक्तिको  छ। सचेत हुँदाहुँदै पनि कुन बेला कसरी कोरोना भाइरसको चपेटा परिन्छ भन्ने अनुमान लगाउन मुस्किल छ। सरकारको काम गराइएको अवस्था हेर्दा ‘जोगाउला’ भन्ने भरोसा उठ्न थालेको छ। यस्तो बेला भरोसा गर्न सकिने एकमात्र ठाउँ अस्पताल हो र यिनै स्वास्थ्यकर्मी हुन्।

टोलमा संक्रमितको उपचारमा खटिनेको डेरा छ भन्ने सुन्दा आतंकित हुन्छौं हामी। त्यसको परिणाम यो हुलहुज्जत हो। तर, संक्रमित भएको जान्दाजान्दै उपचार गर्न कसरी तम्सिरहेका होलान् यी स्वास्थ्यकर्मीहरु? यही समाजप्रतिको जिम्मेवारीबोधले न हो। मानवीयतालाई प्राथमिकतामा राखेर न हो। तर, हाम्रा लागि जोखिम मोल्नेहरुका लागि हामी मानवीय व्यवहार गर्न सक्दैनौं? महामारीविरुद्ध लडिरहेका यी सिपाहीहरुलाई निरुत्साहित गरेर कसरी जितिएला कोरोनाविरुद्धको लडाइँ? समाजले महसुस गर्नुपर्ने बेला भएको छ।

केही दिनअघि चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले यस्तै अपमान बेहोर्नुपर्‍यो। त्यहाँका बिरामी उपचार गर्ने क्रममा संक्रमित भए उनी। उनीबाट उनकी श्रीमतीलाई पनि स¥यो। हाल संक्रमणमुक्त भइसकेको डा बगाले दम्पत्ति ‘स्याबासी’को भागीदार थियो। तर, स्थानीय जनप्रतिनिधिकै नेतृत्वमा ‘कोरोना संक्रमितको घर’ भन्दै अपमानको तुल टाँस्न पुग्यो समाज। उनको घर रहेको भरतपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरिहर आयार्चको नेतृत्वमा टोल सुधार समितिका मान्छेहरु पुगेका थिए। यसबाट हतास भएका डा बगालेले आफ्ना भावना सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोखेका छन्। 

भाडामा बसिरहेका स्वास्थ्यकर्मीलाई निस्किएर जान भनिएको, पिसीआर नदेखाइ पस्न नदिइएको र स्वास्थ्यकर्मीलाई अपमानित गरेका घटनाहरु नियमितजस्तो सुनिन, देखिन र पढिन थालेका छन्। काठमाडौंनजिकैको दक्षिणकाली नगरपालिकामा त स्थानीय सरकारले नै स्वास्थ्यकर्मीलाई क्वार्टर छाड्न उर्दी जारी गर्‍यो। त्यो पनि कोरोना संक्रमितलाई जोगाउन आइसोलेसन बनाउने भनेर। आइसोलेसनमा पुगेका संक्रमितको उपचार गर्नेलाई लखेट्ने सोचले कसरी संक्रमित जोगाउला? त्यसलाई आइसोलेसन बनाउनुपर्ने हो भने त्यहाँ बसिरहेका स्वास्थ्यकर्मीको वैकल्पिक व्यवस्था नगरपालिकाले गर्न सक्नुपर्थ्याे। यसले महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई हौसला मिल्थ्यो। 

हामीले आफूलाई पश्चिमी मुलुकका नागरिक भन्दा बढी सामाजिक नागरिकका रुपमा चित्रण गरिरहेका हुन्छौं। तर, सामाजिक चरित्र देखाउनै पर्ने ठाउँमा हामी असामाजिक प्रवृत्ति दर्शाउँछौं। महामारीमा लडिरहेका स्वास्थ्यकर्मीलाई हौस्याउन स्वास्थ्यकर्मी हिँडिरहेको देख्दा बाटोमा उभिएका नागरिकले ताली बजाएको समाचार हामीले सुनेका छौं। अमेरिकाका कतिपय अस्पतालको  ढोकाअघि नागरिक समाजका मान्छेहरुले ‘जहाँ भगवान छन्’ भनेर ब्यानर टाँसेको समाचार पढेका छौं। विदेशमा बसेका नेपाली डाक्टरहरु अपरिचित छिमेकीले ‘के सहयोग गर्न सक्छु?’ भनेर सोधेको घटनालाई लेखमार्फत् प्रस्तुत गरिरहेका छन्। तर, यहाँ स्वास्थ्यकर्मीहरुले अपमान र घृणा भोग्नु परेको छ। 

देशमा कोरोना संक्रमण बढ्दै जाने तर कोरोनाविरुद्धको लडाइँका ‘फ्रन्टलाइनर’को मनोबल घट्दै जाने परिस्थिति सिर्जना हुनु शुभसंकेत होइन। के थाहा कोरोना पोजिटिभ रिपोर्ट आउने भोलिको पालो डाक्टरको डेराअघि नारा लगाउने जाने र संक्रमितको घरअघि तुल टाँस्न जानेमध्ये कसैको छ कि? यही व्यवहार कसैले आफूमाथि गर्‍यो भने खुसी भइएला कि दुःखी? यत्ति कुरा मनमा राखियो भने कोरोना पोजिटिभ वा कोरोनाविरुद्ध डटिरहेकाहरुलाई अपमान गर्न उक्साउने ग्रन्थी निष्क्रिय हुन्छ। 

कोरोनाविरुद्धको लडाइँ पेचिलो बन्दै गइरहेको वर्तमान अवस्थामा तपाईं हामीले लड्नुपर्दैन, आफू जोगिदिए पुग्छ। तर, स्वास्थ्यकर्मीले जोगिएर पुग्दैन, लड्नैपर्छ। त्यसैले तपाईं हामीलाई जोगाउन आफ्नो ज्यान हत्केलामा लिएर हिँडिरहेकाहरुलाई सके दश औंला जोडेर सम्मान गरौं, सकिदैन भने चोर औंलो देखाउने कुकृत्यबाट आफूलाई जोगाउँ। 
 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्